
यसैबीचमा अहिले फेसबुकमा एउटा पोस्ट भाइरल बनेको छ । तस्बिरमा एकजना युवकले ग्यासलाई अंगालो हालेर सुतिरहेका छन् । जसलाई उनले मिठो सम्झनाका रुपमा प्रस्तुत गर्दै ग्यासलाई आफ्नो प्रिय ग्यासकुमारी भन्दै उनको नाममा चिठ्ठी लेखेका छन् ।
पत्रमा उनले भनेका छन्, ‘प्रिय ग्यासकुमारी…..
लामो सम्झना ।
खै प्रिय कसरी पोखु मनको भावना तिमीबिनाको जीवन यति कष्टकर बनेको छ कि दिन कटाउन पनि ठूलै युद्ध जितेजस्तो लाग्छ । हरपल हरक्षण केवल तिमीमात्र याद आइरहन्छ, तिमीलाई कहाँ भेटु कहाँ देखु भइरहन्छ, ।’ अघि लेखिएको छ , ‘तिम्रो दर्शन मिल्छ भनेर हिजो दिनभर बजारभरी डुले तर, त्यहाँ थाहा भयो तिमीलाई त दुश्मनले धेरै टाढा तिमे घरमा थुनेर राखेका छन् रे, तिमीलाई घरमा लुकाएर राखेर दुश्मन भनाउँदा गेटमा चियोचर्चो गर्दै छन् रे । ग्यासकुमारी यो कुराले मलाई निकै दुःखी बनाएको छ, म आत्तिरहेको छु, यही खबर घरमा सुनाउँदा घरमा पनि सबै दुखी हुनुभएको छ ।’ अघि लेखिएको छ, ‘यही खबरले घरको चुल्हो बलेको छैन । मैले बाचा गरिसके हाम्रो चोखो प्रेम साक्षी राखि, जबसम्म तिमीलाई भेट्ने छैन मेरो भरको चुल्हो बालने छैन । ग्यासकुमारी चिन्ता नमान्नु तिम्रो र मेरो भेट चााडै हुनेछ ।
तिम्रो भोको प्रेमि ।’