
रुपन्देही, पुस ८ – रुपन्देहीको बेलहिया नाका भएर इन्धन बोकेका ४५ वटा गाडी नेपाल भित्रिएका छन् । इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार मंगलबार राति १० बजेसम्म खाना पकाउने एलपी ग्यासका २६ बुलेट नेपाल भित्रिएका छन् ।
डिजेल बोकेका १८ तथा पेट्रोल बोकेको एउटा ट्यांकर पनि भित्रिएको छ । प्रहरीका अनुसार अरु सामान बोकेका दुई सय ५७ वटा गाडी त्यस अवधिमा भारतबाट नेपाल आएका छन् । बेलहिया नाकाबाट सोमबार ३९ गाडी इन्धन नेपाल भित्रिएको थियो ।