Thursday, 3 December 2015

बढी मूल्यमा बेच्न गोदाममा लुकाइराखेको ५ ट्रक धारा तेल नियन्त्रणमा

काठमाडौं । प्रहरीले राजधानीको जडिबुटीबाट पाँच ट्रक खाने तेल बरामद गरेको छ । काठमाडौंमा खाने तेलको अभाव चर्किएका बेला लुकाएर राखेको तेल प्रहरीले बरामत गरेको हो ।बजारमा तेलको अभाव देखाइ चर्को मूल्यमा बिक्री गरिरहेको अवस्थामा प्रहरी परिसर काठमाडौंको टोलीले छापा मार्दा स्वस्तिक आयल इन्डट्रिजबाट उत्पादित धारा खाने तेल नियन्त्रणमा लिएको हो ।

म्यानेजर अमन जैन र सम्पर्क अधिकृत प्रमोद अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । परिसरका एसएसपी विक्रमसिंह थापाले नाकाबन्दीअघि ल्याएको तेल लुकाएर चर्को मूल्यमा बिक्री गरेको भन्दै छापा मारेको बताए ।

‘कालो बजारी गरेर उपभोक्तामाथि शोषण गर्नेमाथि कडा कारबाही गरिन्छ,’ उनले भने, ‘ कसैले उपभोक्ता ठगेर धेरै पैसा कमाउँछौं भन्ने सोचेको छ भने छोडे हुन्छ ।’

नाकाबन्दी अघि १ सय ८० रुपैयाँ मूल्य पर्ने तेललाई अहिले ३ सय ८० रुपैयाँ बिक्री गरेको उनले बताए । बढी मूल्यको स्टिकर टाँसी बिक्री गर्ने तयारीमा राखेको अवस्थामा पक्राउ गरिएको उनले बताए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us