Friday, 18 December 2015

सिमा नाका र राजमार्गको अवरोध हटन मोर्चाको संकेत

संयुक्त मधेसी मोर्चाले पाँच चरणका नयाँ आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै सिमा नाका र राजमार्गको अवरोध हटन सक्ने संकेत गरेको छ । नयाँ चरणका कार्यक्रमहरु अनुसार संविधान संशोधनको प्रस्ताव जलाउने, जिल्ला सदरमुकाममा विरोधसभा गर्ने, विभिन्न दल तथा संगठनसँग कार्यगत एकता गर्ने लगायतका आन्दोलनका कार्यक्रमहरु छन् ।

तर, नाकामा धर्ना बस्ने तथा राजमार्ग बन्द गर्ने कार्यक्रम उल्लेख छैन । ‘अब नाका सहज हुन्छ, संघीय समाजवादी फोरमका बरिष्ठ नेता अशोक राईले भने ।

यद्यपी, आन्दोलनका कार्यक्रम मत्थर बनाए पनि मधेसी मोर्चा सरकारप्रति नरम छैन । मधेस आन्दोलनका विपक्षमा हुने गतिविधि र कार्यक्रमको प्रतिरोध गर्ने मोर्चाका नेताहरुको चेतावनी छ । उनीहरुले स्थानीय विकास मन्त्रालयले संचालन गरेको संविधानको जानकारी दिन जारी गरेको कार्यक्रम विथोल्ने घोषणा गरेका छन् । ‘मन्त्री, सांसद र सरकारी प्रतिनिधि सहभागी हुने सरकारी कार्यक्रम विथोलिने छ,’मोर्चाले भनेको छ ।

 यता ७५ जिल्लालाई कायम राखेर गरिने निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी व्यवस्था मान्न नसकिने मार्चाको निष्कर्ष छ । सरकारले जनसंख्या र भौगोलिक अनुकुलता र विशिष्टताका आधारमा निर्बाचन क्षेत्र निर्धारण गर्ने गरी संविधानमा संशोधन प्रस्ताव गरेको छ ।
मोर्चाले सरकारसँग बार्ता गर्न नसकिने उल्लेख गर्दै यदि मधेसका माघ सम्बोधन गर्न सकिने प्रष्ट धारणा सरकारको आए मधेसमै बार्ता गर्ने बताएको छ । शनिबारको नयाँ पत्रिका दैनिकले ‘नाका र राजमार्गको अवरोध हटने’ विषयमा समाचार लेखेको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us