२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधन र भूकम्प पछिको पुनर्निर्माण प्राधिकरण गठन सम्वन्धि विधेयक संसदमा एकैसाथ पेश गर्नुपर्ने अडान दोहोर्याएर भुकम्प पिडितहरुका लागि अपराध गरेको छ ।
मंगलबार विहान बसेको कांग्रेस पदाधिकारी बैठकले दुबै विधेयकलाई सँगसँगै पेश गर्ने निर्णय गरेर कांग्रेसले भुकम्प पिडितलाई थप पिडा दिने कादम सारेको छ । बैठक पछि महामन्त्री प्रकाशमान सिहले दुबै विधेयकलाई एकसाथ पेश गरेर छुट्टा छुट्टै छलफल चलाएर र छुट्टा छुट्टै पास गर्नुपर्छ । यो हिजो प्रधानमन्त्री ज्यूले दिएको विकल्प मध्येको एक हो भने।’ कांग्रेसले संविधान संशोधन र पुनर्निर्माण प्राधिकरण सम्वन्धि विधेयक संसदमा नल्याएको भन्दै संसद बैठक अबरुद्ध पार्दै आएको छ ।
व्यवस्थापिका संसद बैठक मंगलबार पनि बस्दैछ । मधेसी मोर्चाले भने संविधान संशोधन र पुनर्निर्माण अलग विषय भएकाले सँगसँगै पेश गर्न नहुने बताउँदै आएको छ । कांग्रेसको अडानले मधेशी मोर्चाले पुन निर्माण विधेयकलाई सहयोग गर्ने बताए पनि यो विधेयक अड्किएको छ । काग्रेसले पुन निर्माण विधेकलाई रोकेर भुकम्प पिडितलाई अपराध गर्न नहुने एमाले र एमाओवादीका नेताहरुले बताएका छन् ।