Sunday, 13 December 2015

प्रधानमन्त्रीको कुकुरले मन्त्रीलाई टोकेपछि

२७ मंसिर, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कुकुरले पाहुनाहरुलाई टोक्न थालेपछि कानुन अनुसार कुकुरलाई सजाय दिइएको छ । सो कुकुरलाई १० दिनसम्म निगरानीमा राखिने भएको छ ।

उक्त कुकुरले मन्त्री र सांसदहरुलाई समेत टोकेपछि कानुनअनुसार १० दिनका लागि नजरबन्दमा राखिएको हो । प्रधानमन्त्री नेतन्याहुले आफ्नो कुकुरलाई निगरानीमा राखिएको जानकारी दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘नचाहँदा नचाहँदै पनि १० वर्षीय कुकुर हामीले सुम्पिएका छौं । कानुनअनुसार आगामी १० दिनसम्म कुकुरलाई निगरानीमा राखिने छ । मलाई आशा छ, मेरो कुकुर फिर्ता पाउने छु, त्यतिबेला उसमा पनि धेरै परिवर्तन आउने छ ।’

समाचार एजेन्सीहरुका अनुसार गत बुधबार एक कार्यक्रमका क्रममा उक्त कुकुरले उपविदेशमन्त्री समेत दुई पाहुनालाई टोकेको थियो ।

त्यसअघि एक समारोहका क्रममा प्रधानमन्त्री निवासमै आयोजित भोजमा पनि सो कुकुरले एक सांसदलाई टोकेको थियो ।भनिन्छ, नेतन्याहुको सो कुकुरले अमेरिकी विदेशमन्त्री जोन केरीसहित कयौं हस्तीहरुसँग भेट गरिसकेको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us