काठमाडौं । हिन्दु धर्ममा विहे अघि गर्भिवती त के सेक्स गर्न समेत अनुमति छैन । तर हिन्दुधर्म मान्ने केही सुन्दरीहरु नै बिहे अघि नै गर्भवती भएका छन् ।
कोन्कणा सेन शर्मा – कोलकाता गर्ल कोन्कणा सेन शर्मा विवाह पूर्व नै गर्भवती भइन्। कोन्कणाले आफ्ना साथी रणवीर शोरीसँग डेटिङमा व्यस्त भएको बेला उनी गर्भवती भएको सार्वजनिक भएको थियो। २०१० मा उनले विवाह नै गरिन्। विवाह गर्नु एकवर्ष अगाडि नै उनले एक बच्चालाई जन्म दिएकी थिइन्।
अनुष्का शंकर– भारतका चर्चित सितारबादक पण्डित रविशंकरकी छोरी अनुष्का शंकर पनि चर्चित सितारबादक नै हुन्। उनी पनि विवाह भन्दा पहिला नै गर्भवती भएकी थिइन्।
सेलिना जेट्ली– मिस इण्डिया युनिभर्स सेलिना जेट्ली बलिउडकी हट कलाकारमध्येकी एक हुन्। पिटर हगसँग विवाह गर्नु पहिला दुवै जनाको सम्बन्ध लामो समयसम्म रह्यो। सेलिना आफ्ना जुम्ल्याहा बच्चा जन्मिनु भन्दा पहिला नै उनी दुवईम पिटर हगसँग डेटिङमा थिइन्। उनी गर्भवती भएपछि विवाह गरेकी थिइन्।
अमृता अरोडा–अमृतला अरोडाले पनि अचानक विवाहको घोषणा गरेकी थिइन्। बलिउड अभिनेत्री अमृत अरोडा व्यापारी सकिल लदाकसँग डेटमा रहँदा गर्भवती भएकी थिइन्। गर्भवती भएपछि उनले विवाह गरेकी हुन्।
श्रीदेवी– बलिउडकी यी एक्ली अभिनेत्री हुन जसले विवाह पहिला आफू गर्भवती भएको स्विकार गरेकी थिइन्। उनी गर्भवती भएपछि बोनी कपुरसँग विवाह गरेकी थिइन्। विवाह गर्दा उनको सात महिनाको गर्भ थियो। उनले १९९६ मा विवाह गरेकी थिइन्।