Wednesday, 30 December 2015

प्रधानमन्त्रीको अर्को खुलासा दश दिनमा मधेशको समस्या समाधान हुन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसको समस्या दश दिनमा समाधान हुने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले समस्या समाधानका लागि मधेसी मोर्चासँग औपचारिक÷अनौपचारिक वार्ता भइरहेको उल्लेख गरे ।

नेपाली जनताको इच्छा, आवश्यकतालाई ध्यानमा राखी फराकिलो सोच एवम् उदारताका साथ सरकार वार्तामा अगाडि बढेको प्रशङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले चाँडै मुलुक सहज अवस्थामा पुग्ने विश्वास व्यक्त गरे ।

उनले आपूर्तिलाई सहज बनाउन सरकार अग्रसर रहेको र सीमामा देखिएका समस्या केही दिनमै समाधान हुने बताए
कालोबजारीका सन्दर्भमा पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले कालोबजारी नियन्त्रण नभए केही दिनमै जिम्मेवार पदाधिकारी कारबाहीमा पर्ने जानकारी गराए ।

प्रधानमन्त्रीसमक्ष सोही अवसरमा भारतको अररिया बस्ने सुनील बेगवानी र उनकी आमाले आफ्नी छोरी अनु कोचरको छ दिनअघि विराटनगरस्थित घरमा मृत्यु भएको विषयमा अनुसन्धानको माग राखी ज्ञापनपत्र बुझाइन
विष सेवनका कारण मृत्यु भएको भनिएको तर उनले  छोरीले आत्महत्या नगरेको दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीले यस विषयमा विस्तृत रुपमा स्थानीय प्रशासनबाट जानकारी लिने आश्वासन दिए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us