
शरिरको कम्मरदेखि माथिको भाग र घुँडामा जलेको अवस्थामा अपरिचित युवकको शव मंगलबार जमुनी मधेपुरा ५ स्थित घोडदह नदी किनारमा फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।
मंगलबार स्थानीयवासीले जलेको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । घटनास्थलमा रगतका टाटाहरु र घाँसपात जलेको अवस्थामा रहेकोले उनको हत्या गरिएको प्रहरीको दावी छ ।
प्रहरीका अनुसार शरिरमा पेट्रोल खन्याएर आगो लगाएपछि ज्यान बचाउन नदीमा हाम्फालेका उनलाई नदीबाट निकालेर पुनः हत्या गरिएको हो ।
शवलाई पोष्टमार्टमका लागि धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरी नायव निरीक्षक हरी खड्काले जानकारी दिए । प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । अन्नपूर्णमा खबर छ !