मंसिर २९,अर्जेन्टिना । अर्जेन्टिनामा बस दुर्घटना हुँदा ४३ जना प्रहरीको मृत्यु भएको छ । उत्तरपश्चिमी अर्जेन्टिनाको साल्टा राज्यस्थित रोसारियो डी ला फ्रोन्टेरा शहर नजिकको एक पुलबाट बस तल खसेको हो । सीमा सुरक्षा बलका प्रहरी चढेको बस पुलबाट झण्डै २० मिटर तल खसेको हो । बसमा ५० यात्रु रहेकोमा ६ जनाको उद्दार गरिएको छ । राष्ट्रिय राजमार्गमा प्रहरी लिएर गुडेका तीनमध्ये एउटा बस दुर्घटनाग्रस्त भएको हो । अर्जेन्टिनी सीमा सुरक्षा बलको इतिहासमै यो सर्वाधिक ठूलो मानवीय क्षति भएको अधिकारीहरुले जनाएका छन् ।