Saturday, 5 December 2015

परराष्ट्रमन्त्री थापाले दिल्लीमा चारबुदेँ सम्झौता गरेको खुलासा

९ मंसिर, काठमाण्डौं ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले छिमेकी राष्ट्र भारत भ्रमणका क्रममा ४ बुँदे लिखित सम्झौता गरेको खुलासा भएको छ । तराई मधेसमा लामो समयदेखि विभिन्न माग राखी आन्दोलनरत दलको मुख्य माग सिमांकन हेरफेर लगायतलाई मध्यनजर गरी थापाले  दिल्लीमा  भारतीय विदेश मन्त्री सुस्मा स्वाराजसँग ४ बुँदे लिखित सम्झौता गरेको खुलासा भएको हो ।

उनले तीन दिने भारत भ्रमणको क्रममा भारतीय समकक्षी सुस्मा स्वराजसँग गरेको सम्झौता लाई लिखित रुपमै तीन दलको बैठकमा पेश गरेका छन् ।
उनले व्यवस्थापिका संसदमा कांग्रेस नेतृत्वको अघिल्लो सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव अघि बढाउने र सीमांकन विवाद राजनीतिक समितिमार्फत टुंगो लगाउने सहमतिको रोडम्याप मन्त्री थापाले भारतीय विदेशमन्त्रीसमक्ष सुनाएका थिए ।

विदेशमन्त्री स्वराजले थापाको प्रस्ताव सकारात्मक भए पनि मौखिक कुरामा भर पर्न नसक्ने भन्दै लिखित प्रतिवद्धता खोजिन् र चार बुँदा अघि सारेकी थिइन । स्रोतका अनुसार उपप्रधानमन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शपछि भारतको प्रस्ताव अनुसार नै लिखित प्रतिवद्धता नै बुझाएर फर्केका हुन् ।

यस्तो छ ४ बुँदे लिखिल सम्झौता 
१. संविधान संशोधन मार्फत प्रदेशहरुको सिमाना हेरफेर र परिमार्जन गरिनेछ ।
२. यसरी सिमांकन हेरफेर गर्दा तराइ मधेसमा भइरहेको आन्दोलनको मागलाई ध्यान दिइनेछ ।
३. सिमांकन हेरफेर राजनैतिक समिती बनाएर दलहरुको सहमति आधारमा तीन महिना भित्र गरिनेछ ।
४. नागरिकताको विषयमा देखिएको अस्पष्टता हल गरिनेछ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us