Saturday, 19 December 2015

सबै कुरा देखाउन मिल्ने, बेड सिन दिन किन नमिल्ने त ? - नायिका शुभेच्छा थापासंग रमाइलो कुराकानी

बिन्दास ३' चलचित्र रिलिजको तयारीमा रहेकी सदाबहार नायिका शुभेच्छा थापाले आफूलाई बेडसिन दिन वा  कुनैपनि अभिनय गर्न गाह्रो  नहुने बताएकी छिन् । उनले आफू विवाहित भएको कारण पनि यस्ता सिन दिन कुनै गाह्रो नभएको बताएकी हुन । उनले आफुलाई परिवारबाट पनि सपोर्ट भएका कारण काम गर्न सहज भएको बताइन । बेला बेलामा विवादमा पनि आउने उनले  अबका फिल्ममा बेडसिन  आवश्यक रहेको बताउँछिन । उनै नायिका शुभेच्छा थापासंग गरेको कुराकानी:


 अहिले के मा ब्यस्त हुनुहुन्छ ?

 ⇒हालचालै बिन्दास ३ रिलिजमा ल्याउँदै छौ । यसको पोष्ट प्रोडक्सनमा लगभग काम सकिसकेको छु । संगसंगै दिल्लीराम भन्ने चलचित्रको धनगडीमा सुटिङ सक्काएर भरखर फर्किएका  छौ ।

 बिन्दास ३ कहिले रिलिज हुन्छ त ? 

पहिला पनि रिलिज गर्ने हल्ला चलेको थियो ? ⇒भुकम्पका कारण दर्शकहरु हलमा आउनुहुन्छकी, हुन्न भन्ने दोधारमा हुँदा रोकिएको हो । अब माघ २२ गते रिलिज गर्ने डेट फिक्स भइसकेको छ । 

  डेट फिक्स नै होकी फेरि सर्न पनि सक्छ ?

 ⇒हलबाट प्रबलम आएन भने फाइनल हो । चलचित्र उद्योगभित्रको कुनै कारणले प्रभाव गरेन भने हुन्छ । पोष्टरहरुमा पनि डेट हालेर प्रचार गरिसकेका छौ ।

 'बिन्दास 3' फिल्म कस्तो खालको फिल्म हो ? 

⇒धेरै कुरा त नामले नै बुझ्न सकिन्छ । हर मानिस मस्तिमा रहने एउटा चलचित्र भन्नुपर्छ । त्यसमा पनि धेरै सेन्टिमेन्टका कुराहरु छन् । अहिलेका नयां पुस्ताहरुका लागि बनेको  लभस्टोरी हो । यसमा त्रियाङगल लभस्टोरी छ । यसमा बेडसिन पनि छ । एउटा युवा पुस्ताका लागि बनाइएको चलचित्र हो ।

   दर्शकले हेरिसकेपछि के कुरा पाउँछन् ? 

⇒दर्शकले सम्पूर्ण मनोरन्जन पाउनुहुन्छ । 

यसले के  सन्देश दिन्छ ? 

⇒अहिलेको जेनेरशनमा छिट्टै आकर्षण बढ्ने कुरा छ । त्यसपछि उनीहरुले सेक्सलाई नर्मल हिसाबमा लिएको कुरा छ । नर्मल हिसाबमा सेक्सलाई लिएपछि त्यसले एउटा विपत्ती पनि उत्पन्न गर्न सक्छ है ! भन्ने कुराको सन्देश दिन्छ ।

 तपाईले बेडसिन पनि दिनुभएको छ नी ?

 ⇒ ....(हाँस्दै) यो आवश्यक छ । जस्तो हाम्रो लाइफमा हामी जन्मन्छौ हुर्कन्छौ बढ्छौ हाम्रो बाल्यकाल सकिन्छ यौवनकाल आउँछ त्यसपछि हामी एक अर्कासंग आकर्षणमा पर्छौ, विहे हुन्छ। त्यसपछि हाम्रो लाइभ सुरु हुन्छ । मलाई अचम्म यो लाग्छकी सबै कुरा चाही देखाउन मिल्ने त्यहीसंग रिलेटेड होनी त बेड सिन पनि । कोही मान्छेसंग कोही मान्छे नजिक हुन्छ भने त उ त्यो कन्डिसनमा पुगेर उसको लाइभ स्टाइल सुरु हुन्छ नी त ? ती कुरालाई देखाउनलाई खिचिएको दृश्य हो जुन कथासंग जोडिएको छ । 

बढी त चर्चाका लागि गरिन्छ रे नी ?

 ⇒......(हल्का मुस्कुराउँदै ) चर्चा कमाउनलाई भन्दा पनि बढी गाली आउँछ यहाँबाट....( ठुलो हाँसोे) यस्तो दृश्यबाट हामीले बढी नै गाली पाइराखेका हुन्छौनी । त्यो कुरालाई पनि हामीले एक्सेप्ट गरेर यस्ता कुरा ल्याउन केही न केही जरुरी छ  चलचित्रमा । दर्शकले हेरेपछि ए त्यो सिनसंग माग भएका कुरा नै रैछन भन्ने कुरा आउँछ । जस्तो हिन्दी फिल्ममा पनि यस्ता सिन छन् ।

 तर परिवारसंग बसेर हेर्न पनि अप्ठेरो  पर्छनी ?

 ⇒हामीले दिन खोजेको जुन चलचित्र हो ,यसमा त भरीपूर्ण दिनुपर्यो नी । तर काहाँसम्म देखाउने र कतिमात्रामा  देखाउने भन्ने कुरा हुन्छ । त्यो हामीले एक दम सिम्पल देखाएका छौ, त्यस्तो भल्गर छैन ।

 अहिले सम्म कतिवटा बेटसिन दिनुभो ? 

⇒ ...(हाँस्दै... अल्मलिदै )  मैले बिरासत भन्ने चलचित्रमा एउटा बेडसिन दिएको थिए । अनी धन्दामा र अहिले आएर 'बिन्दास ३' मा दिएको छु ।  

 तीनवटा बेडसिन दिँदा सबैभन्दा रमाइलो महशुस कुन फिल्ममा  भयो ?

 ⇒ .....(फेरि हाँस्दै) अब म कलाकार हुँ । म नवरस भित्र बसेर काम गर्नुपर्छ । मलाई लाग्छ यो तीनवटामा फरक छैन किनकी मैले एक्टीङ गर्ने हो । मलाई आटिर्स को हो भन्नेमा मतलब हुँदैन । जब क्यामरा अन भएर एक्ट गर्न थाल्छु मैले गर्ने अभिनयमात्र थाहा हुन्छ ।


 पहिला त अली अनुभवी पनि हुनुभएन अहिले त पुरै अनुभवी हुनुहुन्छनी त्यसैले केही फरक छ की भनेको ? 


⇒ म सुरु देखिनै रंगमन्चबाट  आएको कलाकार हो । अर्को कुरा बेडसिन गर्नलाई मलाई गाह्रो हुँदैन । म पनि म्यारिड हो । म्यारिड भइसकेपछि मैले त्यो कुरालाई अप्ठेरो मान्ने अथवा कस्तो के भन्ने कुरा असहज हुन्छ होला सुन्ने दर्शकहरुलाई पनि हेर्ने दर्शकलाई पनि । किनकी आफ्नो लाइफमा भोगीसकेको कुरा गर्नु र नभोगेको कुरा गर्नुमा फरक पर्छ । अहिले मलाई कुनै पनि सिन गर्न र अभिनय गर्न गाह्रो लाग्दैन ।

 भनेपछि बेडसिन चलचित्रका लागि आवश्यक छ भन्नुहुन्छ ?

 ⇒ आवश्यक छ । बिडसिन दिने बित्तिकै कलाकार सी ग्रेडको भन्ने गरिन्छ । पत्रकार साथिहरुले पनि भन्नुहुन्छ सी ग्रेडको चलचित्र भनेर तर ऐस्वर्याले खेलेको फिल्मलाई के भन्ने त ? उहाँले पनि बिहेभएपछि नै बेडसिन दिनुभएको थियो । अब उहाँलाई पनि सी गे्रडको कलाकार भन्ने हो की ? 

तर बेडसीन तपाईले दिँदा तपाइको श्रीमानले अप्ठेरो महशुस गर्नुहुन्न ?

 ⇒ उहाँले मेरो काम प्रोफेस्नल हो भन्ने बुझ्नुहुन्छ । त्यसैले नर्मल हिसाबले लिनुहुन्छ । उहाँले एकदम सपोट गर्नुभाछ । छोरी पनि हुर्किनुभएको छ । 

उहाँले के भन्नुहुन्छ तपाईको बेडसिनको दृश्य हेरेर ? 

⇒ छोरी त झन् अहिलेको टिनेज हो उसको त झन सपोर्ट छ ।

 'बिन्दाश ३' बाट तपाईले अपेक्षा गरेको कुरा के हो ? 

⇒ बिन्दास फिल्म  पहिला पनि हिट भएको हो । बिन्दा १ पनि र २ पनि हिट भएको हो । यसको संगीत पक्ष धेरै हिट भएको थियो ।  बिन्दास ३ मा आएर नयां गीतहरु राखेका छौ । जुन  दुई वटा गीत अति नै हिट भइसककेको छ । कसले देख्यो अप्सरालाई र ठगी बैगुनीले भन्ने । यो  दुई वटा गीतलाई दर्शकहरुले अतिनै मन पराइदिनुभएको छ । छिटै दर्शकमाझ आउँदै छ । अर्को कुरा एउटा जिम्मेवारी पनि थपिएको छ ।यो भन्दा अगाडी दुई वटौ चलचित्रमा अरु नायिका हुनुहुन्थ्यो । अहिले मैले खेलेको छु । सायद अब दर्शकले उहाँहरुसंग मलाई कम्पेयर पनि गर्नुहुन्छ होला । सायद यो चलचित्र चलेन भने शुभेच्छा थापाको कारणले चलेन भन्ने कुरा पनि आउन सक्छ । चल्यो भने निर्देशकले राम्रो बनाएर  चल्यो भन्ने कुरा आउन सक्छ।। हल्का हाँस्दै ।नेपाली फिल्म इन्डष्ट्रिमा चलेन भने आटिसलाई दोष दिने चलन छ चल्यो भने निर्माण पक्षलाई उसले राम्रो काम गरेको थियो अनि चल्यो भन्ने खालको ‘। हाँस्दै एउटा सिचुएसन पनि आउनसक्छ । त्यसले गर्दा धेरै च्यालेन्ज पनि छ । हामीले धेरै मेहनत गरेका छौ । अब सबैकुरा दर्शकको हातमा छ । 

मखमली र दिल्लीराम फिल्मको बारेमा केही बताइदिनुस न ?

 ⇒ बिन्दास ३ पछि मखमली आउँदै छ । त्यसपछि डिल्लीराम सम्पूर्ण हाँस्य चलचित्र हो । यो कमेडीबेशमा बनाएका छौ । यसमा धेरै कमेडी कलाकार हुनुहुन्छ । मखमली पछि डिल्लीराम रिलिज गछौ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us