Wednesday, 30 December 2015

नेपालमा बलात्कारको डरलाग्दो अबस्था,एक महिनामा तेह्र किशोरी बलात्कृत

१५ पुस,काठमाडौं । सञ्चारिका समूह नेपालले गरेको सञ्चार अनुगमनको प्रतिवेदनले एक महिनामा १३ किशोरी तथा महिलाको बलात्कार भएको देखाएको छ ।

सञ्चारिकाले गत मङ्सिर १ देखि २९ गतेसम्म १५ वटा राष्ट्रिय दैनिकमा गरेको सञ्चार अनुगमन प्रतिवेदनले एक महिनामा किशोरी तथा महिलामाथि सो घटना भएको देखाएको छ भने अनुगमन अवधिमा बलात्कारसम्बन्धी ४० वटा समाचार सामग्री प्रकाशित भएका थिए ।

अनुगमनमा खेलकुद र मनोरञ्जनसम्बन्धी समाचारबाहेक दैनिक पत्रिकाका समाचार, विचार तथा सम्पादकीय सामग्री समेटिएको थियो । यसमा राजधानीबाट प्रकाशित कान्तिपुर, नागरिक, नयाँ पत्रिका, गोरखापत्र, हिमालय टाइम्स्, कारोबार, राजधानी, अन्नपूर्ण पोष्ट, नेपाल समाचारपत्र, कमाण्डर पोष्ट, सौर्य दैनिक, नेपाली दैनिक तथा द काठमाण्डु पोष्ट, रिपब्लिका, द हिमालयन टाइम्स र द राइजिङ नेपाल अङ्गे्रजी दैनिकहरू समेटिएका थिए ।

महिलामाथि हुने विभिन्न प्रकारका हिंसालाई १३ वटा शीर्षकमा अनुगमन गरिएको थियो जसमा बलात्कार, यौन दुव्र्यबहार, घरेलु हिंसा, दाइजो, मानव बेचबिखन, हत्या, बहुविवाह, बोक्सी, परम्परागत तथा धार्मिक हिंसा, आर्थिक, स्वास्थ्यसम्बन्धी र राजनीतिक रहेका थिए ।

त्यस्तै, सो एक महिनामा हत्याका आठ घटना भएका थिए भने हत्यासम्बन्धी ४० वटा समाचार सामग्री प्रकाशित भएका थिए । यौन दुव्र्यवहारको एक घटना भएको थियो । सात समाचार सामग्री प्रकाशित भएका थिए । स्वास्थ्य अधिकार हननको एउटा घटना थियो भने यससम्बन्धी ५३ वटा समाचार सामग्री प्रकाशित भएका थिए ।

त्यसैगरी, आर्थिक अधिकारसँग सम्बन्धित एउटा घटना भएको थियो भने १४ वटा समाचार, विचार र सम्पादकीय छापिएको थियो । यस अवधिमा मानव बेचबिखनसम्बन्धी १५ र राजनीतिक अधिकार हननसम्बन्धी २० वटा समाचार, विचार तथा सम्पादकीय छापिएको देखिन्छ ।

त्यस्तै, परम्परागत र धार्मिक हिंसासम्बन्धीे एउटा घटना थियो भने १९ वटा समाचार सामग्री प्रकाशित थिए । बोक्सी आरोपका दुई समाचार सामग्री प्रकाशित भएको थियो । घरेलु हिंसासम्बन्धी नौ समाचार र एउटा घटना प्रकाशित भएको थियो ।

महिला हिंसासम्बन्धी सबैभन्दा बढी समाचार भित्री पृष्ठमा छापिएका थिए । पहिलो पृष्ठमा १३ वटा समाचार छापिएका थिए ।

सञ्चारिकाले सञ्चारमाध्यममा महिला हिंसाका समाचार कति आएका छन् रु ती समाचारले कस्तो प्राथमिकता पाइरहेका छन् रु हिंसाका समाचारमा ‘फलोअप’ समाचार आएका छन् कि छैनन् रु समाजमा के कस्ता लैङ्गिक हिंसा भइरहेका छन् । ती सम्बन्धमा कस्ता समाचार सामग्री आइरहेका छन् भनेर सञ्चार अनुगमन गर्दै आएको छ । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us