Saturday, 5 December 2015

पूर्णरुपमा बन्द रहेको जोगवनी–विराटनगर नाकाबाट आयात सहज हुन थाल्यो

जोगवनी नाकाबाट मालबाहक ट्रक भित्रनेक्रम बढेपछि यार्ड व्यवस्थापन गर्न गाह्रो भएको छ । भन्सार यार्डमा आएका ट्रकहरू स्कर्टीङ गरेर गन्तव्यमा पुर्याउनुपरेकाले यार्ड व्यवस्थापन गर्न समस्या भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।


भारतीय पक्षले नाका खुकुलो पारेसँगै सीमापार बथनाहामा रोकिएका मालबाहक ट्रक भित्रनेक्रम बढेपछि यार्ड व्यवस्थापनमा समस्या भएको विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले बताए । 'पारीबाट कुनै अबरोध छैन' उनले भने'हामीलाई नै यार्ड व्यवस्थापनमा समस्या भएको छ ।' यतिवेला दैनिक सरदर दुई सय मालबाहक ट्रक भन्सार यार्डमा आइरहेका छन् । भन्सार यार्डमा आएका ट्रकहरू बेलुका मात्रै स्कर्टीङबाट लगिने भएकाले दिनभर यार्डमै रोकिन्छन् ।
यार्डमा ट्रक भरिभराउ हुनाले धेरै ट्रक आउँदा व्यवस्थापनमा समस्या भएको हो । दिउँसो पनि स्कर्टीङ गरेर यार्ड खालि नगरे अहिले आइरहेको भन्दा बढी मालबाहक ट्रक नेपाल भित्र्याउन नसकिने बस्नेतले स्पष्ट पारे । उनले भने'मालबाहक ट्रक धमाधम आउनथाले पछि समस्या उता हैन हाम्रैतिर देखिएको छ ।'

शुक्रबार जोगवनी नाकाबाट २ सय १० र विहीबार २ सय ४० वटा मालबाहक ट्रक विराटनगर भन्सार यार्डमा आएका थिए । शनिबार पनि मालबाहक ट्रकहरू विहानै देखि आइरहेको भन्सार कार्यालयले जनाएको छ । यो नाकाबाट इन्धनका ट्याङकर पनि दैनिक रुपमा भित्रिरहेका छन् । शनिबार दिउँसो सम्ममा १५ डिजेल र १ वटा पेट्रोलको ट्याङकर जोगबनी नाकाबाट भित्रिएका छन् । शुक्रबार १६ वटा डिजेल, ८ वटा पेट्रोल र ६ वटा ग्याँसका बुलेट नेपाल भित्रिएका थिए । विहीबार २७ ट्याङकर डिजेल र १२ ट्याङकर पेट्रोल आएको थियो । एक साता यता भारतीय पक्षले इन्धन आयातमा पनि कुनै अबरोध गरेको छैन ।नागरिक बाट !

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us