Saturday, 12 December 2015

मधेशराज्य माग्ने देशद्रोही हुन् : सिंचार्इँ मन्त्री यादव

काठमाडौं , मंसिर २७ ।

नेपाल सरकारका सिंचार्इँ मन्त्री उमेशकुमार यादवले मधेशमा छुट्टै राज्य चाहिन्छ , भन्नेहरु नेपाली नभएको बताएका छन् । उनले मधेशमा छुट्टै राज्यको माग गर्नेहरु देशद्रोही भएको ठोकुवा गरेका छन् । उनले एमाओवादीले जातीय कुरा उठाएर खसब्राम्हणको वर्चश्व तोडेको बताउदै,सबै प्रदेश जातीययताका आधारमा बनाउनु पर्ने दावी गरेका छन् ।
राज्यका सबै निकयमा परानै शासकका शैलीहरु रहेको र यसलाई तोड्न आफूहरु लागि परेको उनले बताएका छन् । अहिलेको परिस्थितिमा आफू आफ्नो गृहजिल्ला जानसक्ने अवस्था नरहेको बताउदै मन्त्री यादवले मधेशलाई अधिकार दिन सरकारले कुनै कसुर बाकी नराख्ने बताएका छन् ।

आइतबार ईमेज एफएमसंग कुरा गर्दै मन्त्री यादवले भूकम्प पीडितहरुलाई समयमै सरकारले अर्थिक सहयोग गर्न नसकेकोमा आत्मालोचना गरेका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us