Thursday, 17 December 2015

भूकम्प पीडितलाई तत्काल दुई लाखः उद्योग मन्त्री

काठमाडौ–उद्योगमन्त्री सोमप्रसाद पाण्डेले भूकम्प पीडितलाई तत्कालै तीन किस्तामा दुई लाख र त्यसपछि सामूहिक जमानीमा तीन लाख ऋण दिने बताएका छन्।
मन्त्री पाण्डोले जिल्लामा एलडीओ अध्यक्ष र राजनीतिक दलका प्रतिनिधि रहेको जिल्ला कार्यान्वयन ईकाईमार्फत उक्त रकम वितरणको व्यवस्था मिलाइने उनले बताए।

रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा मन्त्री पाण्डेले एकसातामा प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ती हुने बताए। उनले भने प्राधिकरण विद्येयक पास भैसकेको छ अब नियुक्ती र तत्कालका काम सुरु हुन्छ।ु
नेपाली काग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले भूकम्प पुर्ननिर्माण प्राधिकरण गठन र कार्यकारी निर्देशकमा आफ्नो पार्टीको कुनै दाबी नहुने स्पष्ट पार्दै पार्टीको कार्यकर्ता नभई स्वच्छ र निष्पक्ष ब्यक्त नियूक्त गर्नु पर्नेमा जोड दिए।

श्रेष्ठले शुक्रवारको संसदबैठकबाटै संविधान संसोधन विद्येयकमाथि छलफल प्रारम्भ हुने जानकारी दिदै मधेसी दलहरु पनि छलफलमा सहभागि भए संसदीय समिति बनाएर त्यसमा उनीहरुको भावना अनुसार संसोधन प्रक्रिया अगाडि बढाउन तयार रहेको सुनाए ।

एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले विगतमा एमाले र काग्रेस नमिल्दा भूकम्प पीडितलाई दुख दिने काम भएको आरोप लगाउँदै एमाओवादी कार्यकारी निर्देशक देखि कुनै पनि नियूक्तीमा अवरोध गर्ने पक्षमा नरहेको स्पष्ट पारे।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us