
माधवकुमार आफ्नै बिहारबाट सेना लिन नसक्ने भारतले नेपाललाई यही विषयमा पाठ सिकाउन खोजेको आरोप लगाएका छन् ।
सिमरामा सोमबार पार्टीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मधेसमा दुईरचार जनाले नयाँ संविधानबारे भ्रम फैलाएको भन्दै यसको पछि नलाग्न पनि आग्रह गरे । ‘एउटा देशले अर्को सार्वभौम देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न मिल्दैन,’ उनले भने, ‘के भारतमा पञ्जाबी मात्र सेनामा लायक हुन्, विहारी हुन सक्दैनन् रु विभेद आफैं गर्ने र अरुलाई पाठ सिकाउने रु’ उनले भने ।
एक अर्को प्रसङ्गमा उनले भने, ‘नेपालको मधेसमा मधेसीको बसोबास पाँच हजार बर्ष पुरानो इतिहास छ, त्यसैले मधेसी आदिवासी हुन् । विहारी भन्नेसित हामी प्रतिवाद गर्न तयार छौं ।’ क्षमता नभएका केही नेताले ५० लाख दिने भन्दै आन्दोलनमा दर्जनौं मर्न उक्साएको उनले आरोप लगाए ।
उनले भने ‘५१ लाख दिन्छौं, तर तिनै नेताले आफ्ना सन्तान आन्दोलनमा पठाउन् त रु’ संविधानमा केही भाषगत त्रुटी भएकाले त्यसलाई सच्याएर र छुटेका अधिकार संसदबाट स्थापित गराउन उनले आग्रह गरे । कार्यक्रममा एमालेका बारारपर्साका सांसद, पूर्वमन्त्री तथा नेताहरु सहभागी थिए ।