२५ मंसिर, काठमाडौं ।भारतीय आयल कर्पोरेशनका एक मार्केटिङ्ग मेनेजरलाई आतंकवादी संगठन इस्लामिक स्टेट आइएसको एजेन्ट भएको आरोपमा पक्राउ गरिएको छ ।
मोहम्मद सिराजुद्दीन नाम गरेका ती कर्मचारीलाई जयपुरबाट आतंक निरोधी दस्ताले गिरफ्तार गरेको हो । उनीमाथि आइएसका लागि विभिन्न सामाजिक संजालमार्फत प्रचारअभियान संचालन गरेको आरोप लगाइएको छ
राजस्थानमा आइएसको नेटवर्क बनाउन सक्रिय रहेको अवस्थामा उनलाई गिरफ्तार गरिएको सुरक्षा स्रोतले जनाएको छ ।
फेसबुक, ट्वीटर जस्ता संजालमार्फत उनले आइएसमा भर्ती हुन युवा–युवतीलाई प्रेरित गर्दै आएको तथ्य अनुसन्धानबाट खुलेको जनाइएको छ ।