Thursday, 31 December 2015

सपथकै बेला नेतृले जन्माइन् छोरा, नाम राखियो प्रधानजी

गाउँ पन्चायतको प्रधान पदमा निर्वाचित भएकी एक महिला नेतृले पद तथा गोपनियताको सपथ ग्रहण गर्ने बेलामा बच्चा जन्माएकी छिन् । घटना भारतको हो । भारतको वाराणसीस्थित धोवाही गाउँकी नवनिर्वाचित ग्राम प्रधान सरिता देवीले पदको सपथ लिने तयारी गर्दै थिइन् तर उनलाई अचानक सुत्केरी व्यथाले च्याँप्यो ।
त्यसपछि उनलाई तत्कालै अस्पताल लगियो जहाँ उनले छोरा जन्माइन् ।

 रोचक कुरा त के भने सपथ खुवाउने प्रखण्ड अधिकारीले उनलाई अस्पतालमै ग्राम प्रधान पदको सपथ खुवाए । एकातर्फ चुनाव जित्नु र अर्कोतर्फ सन्तानलाभ हुँदा नेतृको दुवै हातमा लड्डु भएपछि उनी र उनको परिवार खुसी नबन्ने कुरै भएन ।
अझ रोचक त के भयो भने ग्राम प्रधान सितादेवीले सपथकै दिन जन्माएको बच्चाको नाम प्रधानजी राखियो । सितादेवीले पहिलोपटक ग्राम प्रधानको चुनाव लडेकी थिइन् र भुतपूर्व प्रधान बसन्ती देवीलाई हराएकी थिइन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us