Thursday, 3 December 2015

सनी लियोनले भनिन्–एड्सबाट बच्न आफ्नो केरा यो थैलामा राख्नुस् (भिडियोसहित)

बलिउडकी बेबी डल सनी लियोन चलचित्र उद्योगमा आफ्नो सुन्दरताका कारण चर्चित छिन् । उनी पछिल्लो दिन सामाजिक सञ्जालको माध्यमबाट आफ्ना प्रशंसकलाई विभिन्न सौगात दिँदै आएकी छन्।
१ डिसेम्बर अर्थात विश्व एडस दिवसका दिन सनी लियोनले एउटा भिडियोमा आफ्नो मस्तीजादेका टिमका साथ सुरक्षित सेक्सका लागि अपिल गर्दै देखा परिन् । भिडियोमा सुरक्षित यौन सम्पर्कका लागि जागरुकता ल्याउन सनी र उनको टिम एउटा स्लोगनको माध्यमबाट सन्देश दिइरकेका थिए कि सेक्स गर्ने बेला कण्डोमको प्रयोग अवश्य गरौ ।
स्लोगनमा भनिएको छ –‘आफ्नो केरा यो थैलोमा राख्नुस्’ । भिडियोमा सनी लियोन कण्डोमका साथ सेक्स गर्नुको फाइदा र कण्डोमबिना सेक्स गर्दाका हानीका विषयमा बताइरहेकी छन् ।
भिडियोमा सनी लियोनका साथै मस्तीजादेका अभिनेता तुषार कपुर र वीर दास पनि सुरक्षित यौन सम्पर्कका लागि अपिल गर्दै देखिएका छन् । भिडियो निकै रोचक हुनुका साथै जागरुकता ल्याउने खालको पनि छ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us