Monday, 21 December 2015

खुल्ने भो बन्द नाका, भारतले तीन बुँदेलाई स्वागत गर्यो

मधेस समस्या समाधानका लागि सरकारले अघि सारेको तीनबुँदे प्रस्तावको भारतले स्वागत गरेको छ । नेपालले घोषणा गरेको संविधानको स्वागत नगरेको भारतले संविधान संशोधन गर्ने निर्णयको भने स्वागत गरेको हो ।

साथै उसले नेपालको अवस्था सामान्य हुनासाथ दुई देशको व्यापार सहज हुने विश्वास समेत व्यक्त गरेको छ ।
भारतीय विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी मन्त्रिपरिषदले पास गरेको प्रस्ताव उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले विदेशमन्त्री सुष्मा स्वराजलाई जानकारी गराएको बताएको छ ।
‘नेपालको गतिरोध अन्त्यका लागि भएको सकारात्मक विकासको भारत सरकार स्वागत गर्छ’ विज्ञप्तिमा भनिएको छ ।
सरकारले तीनबुँदे प्रस्ताव अघि सारेको छ, जसमा संविधान संशोधन विधेयक अघि बढाउने र राजनीतिक संयन्त्र बनाएर सीमांकनमा सहमति गर्ने उल्लेख छ । साथै नागरिकता लगायतका विषयमा पनि वार्ता र सम्वादमार्फत नै सहमति खोजिने उल्लेख छ ।
भारतले छिमेकी र शुभचिन्तक हुनुको नाताले नेपालमा संविधानलाई लिएर देखिएको मतभेद र अशान्तिसँग आफ्नो गहिरो सम्वन्ध रहेको बताएको छ । उसले संवैधानिक मुद्धामा देखिएको असन्तुष्टि सम्बोधनका लागि आवश्यक परिपक्कता र लचकता देखाउन नेपालका राजनीतिक दलहरुलाई आग्रह समेत गरेको छ ।
भारतले नेपालको अवस्था सामान्य हुनासाथ दुई देशबीचको व्यापारका लागि सहज वातावरण बन्ने बताएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us