Tuesday, 22 December 2015

झुटो विवरण राखी एमआरपी बनाउने पक्राउ

काठमाडौं— केन्द्रीय अनुसन्धान ब्युरोले झुटो विवरण राखी मेसिन रिडियवल पासपोर्ट (एमआरपी) बनाइ मोटो रकम असुल्ने दुई जनालाई पक्राउ गरेको छ। झुटो विवरण राखी एमआरपी बनाई मोटो रकम असुल्ने काभ्रे घर भई हाल सिनामङ्गल बस्ने ३९ वर्षीय रमेश भनिने रत्नप्रसाद पराजुली पक्राउ गरेको हो। यसअघि काल्छाङ छिरिङको ०८७५६९०४ नंको राहदानी बनाएको भन्दै मुस्ताङ घर भई हाल नागार्जुन नगरपालिका बस्दै आएका ४९ वर्षीय उत्तम गुरुङलाई पक्राउ गरिएको थियो। गुरुङले दिएको विवरणका आधारमा प्रहरीले खोजी गर्दा पुस १ गते काठमाडौँको सिनामङ्गलबाट मुख्य अभियुक्त पराजुलीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए। नागरिक न्यूज

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us