Sunday, 27 December 2015

महन्थ ठाकुरले भने , 'मधेस अलग राष्ट्र हो' सबै मापदण्ड पुगेको छ !

http://www.onlinecanadanepal.com/2015/12/nepali-politician-mahant-thakur-talks.html
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले  मधेस अलग राष्ट्र भएको बताएका छन् । उनले भाषा, संस्कृति, जनसंख्या र आफ्नै भूमि भएको भन्दै भने, ‘एउटा देशमा विभिन्न राष्ट्र हुन्छन् । नेपाल बहुराष्ट्रिय देश हो । मधेस भनेको नेपालको एक अलग राष्ट्र हो ।’

                                Watch Video
भारतीय पत्रकार प्रशान्त झाद्वारा लिखित ‘गणतन्त्रको सङ्घर्ष’ नामक पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै ठाकुरले मधेस अलग राष्ट्र भएको दाबी गरेका हुन् । पत्रकार झाले अंग्रेजीमा लेखेको ‘ब्याटल्स अफ द न्यू रिपब्लिक’ पुस्तकको नेपाली अनुवाद आइतबार राजधानीमा सार्वजनिक गरिएको हो ।

अन्तरक्रियात्मक कार्यक्रममा ठाकुरलाई सहभागीले सोधेको एक प्रश्नको जवाफ दिदै ठाकुरले मधेस अलग राष्ट्र भएको दाबी गरेका हुन् ।

ठाकुरले अलग राष्ट्र हुनुको कारण समेत प्रष्ट्याउदै भने, ‘मधेसको आफ्नै लामो इतिहास छ, भाषा, संस्कृति, जनसंख्या र आफ्नै भूमि छ । सबै गुण मधेसलाई प्राप्त छ । त्यसैले हामीले मधेस अलगै राष्ट्र छ ।’

ठाकुरले मधेसमा आफ्नै खालका गुण भएकाले मधेस अलग राष्ट्र हो भन्दा कोही विचलित हुनु नहुने समेत बताएका    छन् ।

ठाकुरले संविधानमा बहुजातीय देश भनिएको कुरालाई सच्याएर बहुराष्ट्रिय देश बनाउनुपर्ने समेत बताए । पछिल्ला चार महिनादेखि तराईमा चलिरहेको आन्दोलनलाई केही व्यक्ति र समुदायले देश टुक्राउने योजनासहित चलेको टिप्पणी गरिरहेका बेला ठाकुरको यस्तो भनाइ आएको हो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us