
मधेसका माग र आन्दोलनबारे परराष्ट्र मन्त्रालयमा छलफल लगत्तै मेधसी नेता मंगलबार साँझ राजधानीको चलेको एउटा सेकुवा कर्नरमा पुगे ।
भोड्का र सेकुवाबाट सुरु गरेका उनीहरुको जिउ तताउने क्रम थप भोड्काका बोतल र त्यहा पाइने स्वादिष्ट परिकारसम्म पुगेर टुंगियो ।
अनामनगरको हनुमानमन्दिर छेउ रहेको भेटघाट चितवन तासघरमा राजधानीका अग्ला घरमा घाम देखिँदै गर्दा छिरेका उनीहरु सात बजेमात्र बाहिरिए । दिउँसो ४ बजे परराष्ट्रमा पुगेका उनीहरु पँच बजे त्यहाँबाट सोझै सेकुकवा कर्नरमा पुगेका हुन् । उनीहरुको पहिलो अर्डर नै सेकुवा र फुल भोड्काको बोतल थियो । मधेसी मोर्चाका तर्फबाट वार्ताका लागि परराष्ट्रमा पुगेका लक्ष्मणलाल कर्ण, सर्वेन्द्रथान शुक्ला, लालबाबु राउत, महेन्द्रराय यादवको पार्टीका वरिष्ठ उपाध्यक्ष रामनरेश यादव र सद्भावना महासचिव मनीष सुमन सेकुवा कर्नरमा पुगेका हुन् ।
जनआस्था साप्ताहिकबाट