Monday, 21 December 2015

मधेसमै गएर प्रधानमन्त्रीले दिए आन्दोलनकारीलाई कानुनी कठघरामा उभ्याउने चेतावनी

http://www.onlinecanadanepal.com/2015/12/government-alert-to-maintain-peace-and.html
प्रधानमन्त्री केपी शर्मा ओलीले देश विखण्डित गर्ने, आगो लगाउने र मुलुकलाई जातीय र क्षेत्रीय विभाजनमा पारेर अर्काको आडभरोसामा आन्दोलन गर्नेले कानुनी कठघरामा एक दिन उभिनैपर्ने बताएका छन् ।

                                   Click Here For Video
नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आयोजित एमाले सुनसरीको दोस्रो जिल्लापरिषद् बैठकको उद्घाटन गर्दै तोडफोड गर्ने, एम्बुलेन्सबाट घाइते बिरामी ओरालेर मार्ने तथा चल्दै गरेको सवारी साधनमा आगो लगाउने जस्ता अमानवीय कार्य गर्नेले कहीँ कहिल्यै क्षमा पाउँदैनन् भने । जारी मधेस आन्दोलनका क्रममा भएको घटनालाई संकेत गर्दै उनले ‘झुक्याएर कर्तव्य पालनामा रहेका प्रहरीलाई मार्ने कार्य गर्न हुने अनि प्रहरीले विध्वंस मच्चाउने कार्य रोक्दा सरकारको दमन हुने भन्ने कुरा कहाँसम्मको राजनीतिक इमान्दारी हो ?’ भन्ने प्रश्न गरे ।

 संविधानसभाबाट संविधान जारी भइसकेर देश आर्थिक क्रान्तितिर अघि बढेको बताउँदै उहाँले नेपाली काँग्रेस र मधेसकेन्द्रित दललाई पनि सरकारमा सहभागी भई सरकारको अभियानमा सामेल हुन आग्रह गरे । प्रधानमन्त्री ओलीले महिलाले विभिन्न क्षेत्रमा ३३ प्रतिशत आरक्षण पाउने व्यवस्था विश्वको अरु कुनै मुलुकको संविधानमा समेत उल्लेख नभएको बताए ।
प्रधानमन्त्रीले वर्तमान संविधान जारी भएपछि मात्र भारतबाट विवाह भई आएका चार हजार ५९६ बुहारीले नेपाली अङ्गीकृत नागरिकता पाइसकेको बताउँदै अङ्गीकृत नागरिकता पाउने व्यवस्था नै नगरेको भनेर भ्रम छर्ने मधेसकेन्द्रित दलका नेतामा संविधान पढ्न सक्ने ज्ञानै नभएको टिप्पणी गरे ।kathmandutoday

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us