Monday, 7 December 2015

मधेस आन्दोलनका नाममा गलत ढंगबाट आएका कुनै पनि माग कुनै हालतमा पनि पूरा हुँदैनः प्रचण्ड

काठमाडौं मंसिर २१ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेस आन्दोलनको नाममा गलत ढंगबाट ल्याइएका कुनैपनि मागहरु कुनैपनि हालतमा पूरा नहुने बताएका छन्।

सोमबार संविधान प्रचार अभियानको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । आदिवासी, जनजाति, मधेसी र थारु समुदायले उठान गरेका कुनैपनि जायज माग र संवेदनशीलतालाई संवोधन गरिने अध्यक्ष प्रचण्डले बताए ।

तर आन्दोलनको नाममा गलत ढंगले उठाइएका कुनै पनि माग कुनैपनि हालतमा पुरा नगरिने त्यस्ता मागलाई बरु भण्डाफोर गरिने अध्यक्ष प्रचण्डले चेतावनी दिए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us