Friday, 4 December 2015

प्रधानमन्त्री ओलीको सम्पत्ति ७ लाख, बालकोटको घरदेखि बैंक ब्यालेन्ससम्म श्रीमतीको नाममा

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदमा निर्वाचित भएपछि पहिलो पटक आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीको नाममा एभरेष्ट बैंक लिमिटेडमा जम्मा रु सात लाख नगद मौज्दात रहेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा प्राप्त विवरणमा उल्लेख छ ।

यसबाहेक प्रधानमन्त्री ओलीको सम्पत्ति विवरण फारममा उहाँकी श्रीमती राधिका शाक्यको नाममा झापामा १० कट्ठा जग्गा र भक्तपुरमा डेढ रोपनी जग्गाका साथै अढाइतले घर रहेको उल्लेख छ ।

राधिका शाक्यकै नाममा १३÷१४ तोला सुनका गरगहना, माछापुच्छ्रे बैंक लिमिटेडमा रु नौ लाख ५० हजार, प्रभु बैंक लिमिटेडमा रु चार लाख ५० हजार र रु १५ लाख बराबरको राष्ट्रिय बचतपत्र रहेको विवरणमा उल्लेख छ । प्रधानमन्त्री ओलीको उक्त सबै सम्पत्ति स्वआर्जन गरी प्राप्त गरेको उल्लेख गरिएको छ ।

कुनै पनि सार्वजनिक पदधारण गरेको व्यक्तिले भ्रष्टाचार निवारण ऐन, २०५९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार सम्पत्ति विवरण पेस गर्नुपर्ने कानुनी प्रावधान छ । रासस

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us