Friday, 11 December 2015

३० बर्षे किस्ता तिर्न नसक्दा अमेरिकामा लाखौं परिवार घर न घाट

वाशिंगटन डिसी । २००७ देखि २०१४ सम्मको आर्थिक मन्दीले संसार नै प्रभावित भयो । अमेरिका पनि यसको मारमा पर्‍यो । अमेरिकामा अहिलेसम्म कै सबैभन्दा ठूलो आर्थिकमन्दी प्रथम बिश्वयुद्ध पछि हुन् पुग्यो । तत्कालिन समयमा झन्डै सबै उद्योग उत्पादन बन्द हुनुको साथै निर्माण पनि ठप्प भएको थियो ।

यतिसम्म कि ८९ प्रतिशत शेयर बजार पतन हुन पुग्यो । १९३२ सम्ममा अमेरिकामा बेरोजगारी दर झन्डै २० प्रतिशत हुन पुगेकाले लाखौं मानिस ३० बर्षे किस्ता तिर्न नसक्ने भएपछि सुकुम्बासी हुन बाध्य भए । अमेरिकाका अर्थशास्त्री डेविड सी ह्वीलकको प्रतिवेदन अनुसार सन् १९३३ मा डरलाग्दो आर्थिक संकटमा हरेक दिन १ हजार घर बैंकले कब्जा गर्ने भनि सिफारिस गरेका छन् ।

अमेरिकाको गत अप्रिलमा गरिएको एक पछिल्लो सर्वेक्षणअनुसार २००६ देखि २०१४ सम्म झन्डै ९० लाखभन्दा ज्यादा घरधनी आफूले भोगचलन गर्दै आएको घर बेच्न र बैंकसामू आत्मसमर्पण गर्न बाध्य भएको देखाएको छ । जसमध्ये २५ लाख घर बिक्री वितरणकालागि बजारमा सार्बजनिक भैसकेको तथ्यांकले देखाएको छ । झन्डै ९ बर्षको अवधिमा अमेरिकाको तीस बर्षे घर किस्ता नतिर्दा ९० लाख घरधनि घरधनीबाट सुकुम्बासी झैं हुन बाध्य भएका छन् ।

अमेरिकामा ३० बर्षे घर किस्ता तिर्न सकेन भने बैंकले घर कब्जा गर्छ । १० बर्षको अवधिमा एक तिहाईभन्दा ज्यादा, जस्ले घर गुमाउन बाध्य भएका थिए, उनीहरुले पुनः घरप्राप्त गर्नसक्ने सम्भावना अमेरिकाको राष्ट्रिय अचल सम्पत्ति अभिकर्ता संघको विश्लेषणले देखाएको छ ।

अमेरिकामा भएको झन्डै एक दशकको चरम आर्थिक मन्दीले ७० लाखभन्दा ज्यादा परिवार प्रत्क्ष्य या परोक्ष रुपमा प्रभावित भए । राष्ट्रिय अचल सम्पत्ति अभिकर्ता संघले जानकारी गराएअनुसार ९ लाख ५० बिपतग्रस्त घरधनी पुनः किस्ताबन्दिको योग्य हुनसक्ने र घर किन्नसक्ने भएका छन् ।

रिएलटी ट्राकको तथ्यांकअनुसार २००७ देखि २०१४ सम्म झन्डै ७३ लाख ग्राहकले घर गुमाएको आकडा छ । जसमध्ये ५४ लाख सम्पत्ति कब्जा भैसकेको छ भने १९ लाख घर लघु बिक्री ९सर्टसेल० मा छ । ख्याती ९क्रेडिट० प्राप्त हुने ग्राहकले हात पार्ने बताएको छ ।

रिएलटी ट्राकको तथ्यांकअनुसार २००७ देखि २०११ सम्म ४० लाखले आफ्ना घर विविध कारण बेच्न या छोड्न बाध्य भए भने अझ ८० लाख घरहरु बैंकद्वारा कब्जा हुने भनि भबिष्यवाणी गरिएको छ ।

३० बर्षे किस्ताबन्दी निल्नु न ओकल्नु

माथिका तथ्यांकले स्पष्ट के देखाएको छ भने अमेरिकामा जागिरको कहिल्यै भर हुँदैन ।

आर्थिकमन्दी हुने बित्तिकै यो ३० बर्षे घर किस्ता टाउको दुखाइ भएको छ । अन्य चिजले छाडे पनि यो ३० बर्षे ऋणले कहिले नछाड्ने भएकाले मानिसलाई ​३० बर्षे किस्ताबन्दी यसरी घाडो हुन्छ ।

३० बर्षे किस्ताले मिनाहा गर्न जान्दैन । किस्ता बुझाउने या आत्मसमर्पण गर्ने दुई मात्र विकल्प हुने भएकाले ९ बर्षमा अमेरिकामा करिब ९० लाख घर बैंकलाई आत्मसमर्पण गरिसकेका छन् ।

अमेरिकाको जनसंख्या झन्डै ३२ करोड पुग्ने अवस्थामा छ भने १९६०(२०१४ को एक आँकडाअनुसार अमेरिकामा १ सय २३ करोड परिवार छन् ।


यत्रो भवसागरमा ३० बर्षे किस्ताबन्दिले कैयौं परिवार घर न घाट बन्ने अवस्था छ । अमेरिकाको राष्ट्रिय घर कब्जा दर गत मेदेखि १६ प्रतिशतमा वृद्धि भै १९ महिनाभन्दा ज्यादा भएको रिएल टी ट्रयाकले जनाएको छ । प्रत्येक १ हजार ४१ घर इकाइमा एउटा घर गत मे महिनामा बैंकले कब्जा गरेको उल्लेख गरेको छ । अनि ३० बर्षसम्म निरन्तर तिर्छु भनि किनेको छोड्नुबाहेक कुनै उपाय हुँदैन ।

अमेरिकामा सबैभन्दा यस्ता घर कब्जा हुने प्रतिशतमा फ्लोरिडा राज्य परेको छ । ३० बर्षे किस्ताबन्दी निल्नु न ओकल्नु यसै राज्यका मानिसलाई परेको छ । यद्यपी अमेरिकामा अत्यधिक घर कब्जा हुने १० राज्यहरु छन् । जसअनुसार १० औं स्थानमा साउथ करोलिना परेको छ । जसमा ९ सय ८७ घरमा १ इकाइ बाध्यता भै घरमुलीले बेच्न बाध्य भएका छन् ।

यसैगरी इन्डियना​मा ९ सय ६३ घरमा १ ९२८ प्रतिशत०ले वृद्धि भएको छ । सिकागो, ओहायो, न्यु मेक्सिको नेभाडा, म्यारिल्याण्ड, टेनेसी, न्यूजर्सी तथा फ्लोरिडामा ३० बर्षे किस्ता विविध कारणले तिर्न नसकेकाले घर छोडेका छन् ।



अमेरिकामा घर धनि आर्थिकरुपले टाट पल्टी आफ्नो भोगचलनका घर बाध्य भै बैंकले किन कब्जा गर्छ त?

यसका ५ कारणहरु छन् ।

१. बिमारी

अमेरिकामा काम गर्ने शैली फरक हुन्छ । काममा दायाँ(बायाँ तथा छलकपट गर्न असम्भव हुन्छ । अमेरिकामा काम गर्ने मानिस स्वस्थ हुनु पर्छ । स्वास्थ्यमा निकै संबेदनशील हुनुपर्छ । कमाउने मानिस थला परे अमेरिकामा जहाज डुब्ने पक्का हुन्छ । हरदम बिमारी मात्र भए काम सक्दैनन् ।

काम गरेन भने पैसा कमाइँदैन । किनभने अमेरिकामा लाखौं लाख मानिसले वीमा गरेका हुँदैनन् । जसको कारण झन् बिमारी साह्रो हुँदै जान्छन् । मानिस बिमारी छ भने चिकित्सक, अस्पताल तथा अन्य उपचारको रकम बढ्दै जान्छ जसको कारण आफूले संचित गरेको सबै रकम सकिन्छ । अनि ३० बर्षे घर किस्ता तिर्न नसकी आत्मसमर्पण गर्दछन् ।

२. सम्बन्ध बिच्छेद

अमेरिकामा सम्बन्ध बिच्छेद ज्यादा हुन्छ । १० जना जोडीमध्ये ६ जनाले सम्बन्ध बिच्छेद गर्दछन् । अमेरिकामा सम्बन्ध बिच्छेद पुरुषलेभन्दा महिलाले ज्यादा अदालतमा दर्ता गराउँदछन् । यो यति आर्थिक क्षति हुन्छ जसको कारण बर्षौंदेखि जन्मौजन्मको साथ दिने बाचा गरेकाहरु माथि ठूलो घात र प्रतिघात हुनेगर्छ ।

अनि धनको नास हुन्छ । सम्बन्ध बिच्छेदको कारण मानिसमा शारीरिक, भावनात्मक तथा आर्थिक तनाव हुन्छ । सम्बन्ध बिच्छेदमा जोडीले एक अर्कामा पैसाको कारोबार खुलेर नराख्ने हुनाले ठूलो कलह हुन्छ । धेरै सम्झौता गर्नुपर्ने हुन्छ ।

टाट पल्टिने हुनाले त्यसको असर दुबैमा पर्ने हुनाले घरको किस्ता तिर्न नसकी घर लिलाम हुन्छ । दुबैले मिलाएर तिर्ने रकम झगडा भएपछि किस्ताबन्दी रोकिन्छ अनि घरधनी सुकुम्बासी बन्छ ।

३. अर्थ व्यवस्थापन

पैसालाई राम्रो व्यवस्थापन गर्न नसकेको कारण घर जान्छ । कमजोर अर्थ व्यवस्थापन र ठोस निर्णय गर्न असमर्थ हुँदा ऋण बढ्दै जाने गर्दा घरको ३० बर्षे ऋण तिर्न नसक्ने भएपछि बाध्य भै घर लैजाऊ भनि आत्मसमर्पण बाहेक अन्य कुनै विकल्प हुँदैन । यसरी अमेरिकामा घर बैंकले कब्जा गर्दछ ।

४. मृत्यु

पति पत्नीमध्ये एकजनाको मृत्यु भएमा पनि लाखौं पर्ने घर बैंकलाई बुझाउनु पर्ने बाध्य भएको तथ्यांकले देखाएको छ । कमाएर खुवाउने मानिस जीवित नहुँदा ज्यादा मानसिक र भावनात्मकरुपमा क्षतविक्षत हुने भएकाले किस्ता तिर्न सक्दैनन् ।

५.कानुनी मुद्दा

अमेरिकामा जे कुरामा पनि मुद्दा हाल्ने प्रचलन छ । मुद्दा दायर गर्दा खुसी हुने अमेरिकी समाज पनि एकतिर छ । मुद्दामा फस्यो भने आफूले जीवनभर कमाएको रकम तिर्दा-तिर्दा संचित रकम रितिन्छ । बाध्य भै मुद्रा तिर्नैपर्छ । यो रकम यति ठूलो हुन्छ कि आफूले जोरजाम गरेको सबै रकम कानुनी झन्झटमा लगानी हुन्छ ।

लामो समयसम्म कानुनी लडाईं भएमा आर्थिकरुपले थाम्न सक्दैन अनि ३० बर्षे घरको किस्ताबन्दी तिर्न नसकी छोड्नुपर्ने बाध्यता यसरी अमेरिकामा हुन्छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us