भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल निलम्बनका लागि सिफारिस गरेको सुन्नेवित्तिकै सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त विहीबारै प्रचण्डनिवास लाजिम्पाटमा पुगे ।
अख्तियारले निलम्बनको सिफारिस गरेलगत्तै आइजीपी वन्तले प्रचण्डनिवास पुगेर आफूलाई जोगाइदिन आग्रह गरेका थिए । त्यसपछि प्रचण्ड र वन्त प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार गए ।
प्रचण्ड र कोषराजसँगै गृहमन्त्री शक्तिबहादुर बस्नेत पनि वालुवाटार पुगेका थिए । बालुवाटारमा कोषराजले प्रचण्ड, गृहमन्त्री शक्ति बस्नेत र प्रधानमन्त्रीलाई अख्तियारले नियतवस फसाउन खोजेको गुनासो पोखे ।
प्रचण्ड र गृहमन्त्रीसहित वन्त वालुवाटार पुगेपछि प्रधानमन्त्री ओलीले मुख्यसचिव सोमलाल सुवेदीलाई निलम्बनको तयारीबारे सोधेका थिए । जवाफमा मुख्यसचिव सुवेदीले निलम्बनको प्रस्ताव तयार भैसकेको जवाफ दिए ।
त्यसपछि प्रधानमन्त्री ओलीले अख्तियारको निर्णयलाई क्रस नगर्ने र शुक्रबार साँझ बस्ने क्याबिनेटले वन्तलाई निलम्बन गर्ने जनाऊ दिएर फिर्ता पठाएको स्रोतले बतायो ।
विहीबार साँझ बस्ने भनिएको मन्त्रिपरिषद बैठक प्रधानमन्त्रीको व्यस्तताका कारण रोकिएको थियो ।
उता गृहमन्त्री शक्ति बस्नेतले भने आफु वन्तलाई लिएर वालुवाटार नगएको अनलाइनखबरलाई स्पष्टीकरण दिएका छन् । गृहमन्त्री बस्नेतले शुक्रबार साँझ बस्ने बैठकमा वन्तलाई निलम्वन गर्ने वा नगर्ने भन्ने विषयमा छलफल हुने बताए ।

भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल
निलम्बनका लागि सिफारिस गरेको सुन्नेवित्तिकै सशस्त्र प्रहरी महानिरीक्षक
कोषराज वन्त विहीबारै प्रचण्डनिवास लाजिम्पाटमा पुगे ।
अख्तियारले निलम्बनको सिफारिस गरेलगत्तै
आइजीपी वन्तले प्रचण्डनिवास पुगेर आफूलाई जोगाइदिन आग्रह गरेका थिए ।
त्यसपछि प्रचण्ड र वन्त प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार गए ।
प्रचण्ड र कोषराजसँगै गृहमन्त्री
शक्तिबहादुर बस्नेत पनि वालुवाटार पुगेका थिए । बालुवाटारमा कोषराजले
प्रचण्ड, गृहमन्त्री शक्ति बस्नेत र प्रधानमन्त्रीलाई अख्तियारले नियतवस
फसाउन खोजेको गुनासो पोखे ।
प्रचण्ड र गृहमन्त्रीसहित वन्त वालुवाटार
पुगेपछि प्रधानमन्त्री ओलीले मुख्यसचिव सोमलाल सुवेदीलाई निलम्बनको
तयारीबारे सोधेका थिए । जवाफमा मुख्यसचिव सुवेदीले निलम्बनको प्रस्ताव तयार
भैसकेको जवाफ दिए ।
त्यसपछि प्रधानमन्त्री ओलीले अख्तियारको
निर्णयलाई क्रस नगर्ने र शुक्रबार साँझ बस्ने क्याबिनेटले वन्तलाई निलम्बन
गर्ने जनाऊ दिएर फिर्ता पठाएको स्रोतले बतायो ।
विहीबार साँझ बस्ने भनिएको मन्त्रिपरिषद बैठक प्रधानमन्त्रीको व्यस्तताका कारण रोकिएको थियो ।
उता गृहमन्त्री शक्ति बस्नेतले भने आफु
वन्तलाई लिएर वालुवाटार नगएको अनलाइनखबरलाई स्पष्टीकरण दिएका छन् ।
गृहमन्त्री बस्नेतले शुक्रबार साँझ बस्ने बैठकमा वन्तलाई निलम्वन गर्ने वा
नगर्ने भन्ने विषयमा छलफल हुने बताए ।
- See more at: http://www.onlinekhabar.com/2015/12/364264/#sthash.3edLDkq9.dpuf