
बेलायती दूतावासले भिसा नदिएपछि उनको बेलायत यात्रामा तत्काललाई बिराम लागेको छ । भिसा अस्वीकृत भएपछि ब्रिटिश गोर्खा नेपलिज काउन्सिलले गत ४ डिसेम्बरमा ननिटनमा गर्ने तय भएको गोर्खा कल्चरल नाइट पनि रद्द भएको छ ।
आयोजकले गायिका मगरलाई साढे ४ लाख रुपैयाँमा १२ वटा कार्यक्रमका लागि सम्झौता गरिसकेको थियो । कार्यक्रमकै लागि तीन सय वटा टिकट बिक्री भएको आयोजकले जनाएको छ ।
ज्योति मगर र गायक ताराप्रकाश लिम्बुको भिसा नलागे पनि नृत्य निर्देशक गोविन्द राई र कमेडियन महेन्द्र बग्दासको भने भिसा लागेको छ ज्योतिको भिसा नलागेपछि घोषित कार्यक्रमलाई कुन मितिमा गर्ने भन्नेबारे आयोजकले छलफल सुरु गरेको छ।ज्योतिले लगाउने पोसाकलाई लिएर उनीमाथि बारम्बार आलोचना हुँदै आएको थियो ।