

फिल्म निर्देशक निश्चल बस्नेत र यसै वर्ष होस्टल रिटन्सबाट नेपाली फिल्ममा डेब्यू गरेकी मोडल स्वस्थिमा खड्काको इन्गेजमेन्ट भएको छ। निश्चल र स्वस्थिमाले आफ्ना परिवारलाई साक्षी राख्दै सोमबार इन्गेजमेन्ट गरेका हुन्। केहि महिना अघि ‘लुट’ निर्देशक निश्चल बस्नेतको निर्माण रहेको 'कबड्डी कबड्डी'को टिजर रिलिज भएको दिन टिजर भन्दा पनि उनको र ‘होस्टेल रिटन्स’ अभिनेत्री स्वस्तिमा खड्काबीच बिहे हुने खबरले तातेको थियो। उनीहरुले आगामी फागुन ५ गते विवाह गर्ने जनाइएको छ।
'विवाहको र फिल्मको सुटिङको तयारी भइरहेको छ । दुवै जना फिल्म क्षेत्रमा काम गरिरहेको आगामी दिनमा काम गर्न अझ सजिलो हुनेछ।'