Tuesday, 1 December 2015

एसएसबीद्वारा नेपाली ट्रक चालकमाथि निर्घात कुटपिट

माधव ढुंगाना, भैरहवा ।  भैरहवासँगको सिमा नाका सुनौलीमा भारतीय सुरक्षाकर्मी क्क्द्य ले करीब एक दर्जन ट्रकका नेपाली चालकलाई निर्घात कुटपिट गरेका छन् । नेपाली ती चालक/ नेपाल आउन लोड ट्रक सहित हप्तौंदेखि लाईनमा बसेका थिए । कुटपिटबाट चारजनालाई गम्भिर चोट लागेको छ । केही चालक आफ्नो गाडी चलाउन नसक्ने अवस्थामा पुगेका छन् । अन्य चालक सामान्य घाईते छन् । 

आफुमाथि बिना कारण भारतीय सुरक्षाकर्मीले कुटपिट गरि घाईते बनाएको भन्दै सातजना ट्रक मजदुरले आज बिहान नेपालको सिमावर्ती बेलहिया ईलाका प्रहरी कार्यालयमा कारवाहीकालागि लिखित निवेदन दिएका छन् ।

दुई हप्तादेखि लाईनमा रहेका समय अन्य गाडीले पालो मिचेर अगाडी गएको बिषयमा सोधपुछ गर्न लाग्दा आफुहरुमाथि निर्घात कुटपिट भएको ना ३ ख ८६६ का चालक संयोग थापाले बताए । उनले पछिल्लो पटक सुनौलीका भारतीय सुरक्षाकर्मीले पैसा खुवाएका गाडीलाई अन्यको पालो मिचेर गाडी पास गराईदिने गरेको र आफुहरुसंग उनिहरुले गाडी अगाडी बढाउन पैसा मागेको बताए । 

भारतले नेपालमाथि नाकाबन्दी लगाएपछि सुनौली नाकाहुदै नेपाल आउने गाडीसंग भारतीय पुलिस, भन्सार कर्मचारी, सुनौली नजिकको कोतवाली थाना लगायत्का सुरक्षाकर्मीले चर्को रुपमा पैसा असुल्दै नेपालतर्फ गाडी छाडिदिने गरेका छन् । पैसा खुवाएका गाडीलाई भारतीय सुरक्षाकर्मी स्वयंले सकर्टिङ्ग पास गराईदिने र पैसा नखुवाएका गाडी जहाको त्यही सडक किनारामा थन्किने गरेका छन् ।

धेरै दिनसम्म आफ्नो गाडी सहितको सामान बिच बाटोमा रोकिएपछि नेपाली आयातकर्ताले पैसा खुवाउदै गाडी छुटाउन थालेका हुन् र सुनौली नाकाबाट नेपाल आउनु पर्ने गाडी महिनौंदेखि सिमानादेखि करिव ३५ किमी पर कोल्हुईसम्म दोहोरो लाईन छ ।

ना५ख ५८०७ काचालक सुरेश लामाले भारतीय सुरक्षाकर्मीले कुटपिट गर्दै आफुसंग भएको २ हजार ५ यस भारु समेत खासेको बताए । पिडीतका अनुसार, उनले कुटाई खाएपछि उनको गाडी सिमाना नजिकै पुयाईदिने भनि भारतीय पुलिसले २ हजार र गाडीको ब्लुबुक मागे । तर, बिहानसम्मपनि गाडी जहाको त्यही रह्यो । किन गाडी नलगेको ? भन्दै प्रश्न गर्दा उनले उल्टै गाली खानु पर्‍यो । ब्लुबुक समेत नदिएपछि फेरी ५ सय भारु दिएर फिर्ता लिनु पर्‍यो ।

सिमावर्ती नेपालको बेलहिया ईलाका प्रहरि कार्यालयका प्हरी निरिक्षक अभय बिक्रम शाहीले पिडीत चालक आफुसंग आएपछि तत्कालै सिमावर्ती सुनौली थानका ईन्चार्ज समक्ष लगेर कुरा गर्दा उनले चालकहरुबिचको आपसी झगडा भएको जवाफ दिएको बताउनु भयो ।

घाईते चालकहरुको गुनासो पछि नेपाल प्रहरीले भारतीय प्रहरीसाग छलफल गरी घाईते चालकहरुलाई उपचार खर्च दिन सहमत भएको रुपन्देहीका प्रहरी उपरीक्षक बुद्धि बहादुर गुरुङ्गले बताउनु भयो ।  कान्तिपुरमा खबर छ !

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us