संयुक्त अरब इमिरेट्सको दुबईमा एक पाँच तारे होटलमा बिहिबार बेलुका आगलागी भएको छ। नयाँ वर्ष २०१६ को स्वागतमा दुबइको सडक र होटलमा भिड बढेकै समयमा ६३ तले एड्रेस डाउनटाउन दुबइ होटलमा आगलागी भएको हो। स्थानीय समयअनुसार राति साढे ९ बजेदेखि आगो लाग्न सुरु भएको थियो । २० औं तलाबाट आगो सुरु भएको बताइएको छ। आगोको लप्का ४० तला भन्दा माथिसम्म फैलिएको थियो।
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सिएनएन जनाए अनुसार सुरुमा केही बिस्फोट भएको जस्तै आवाज आएको थियो । एक प्रत्यक्षदर्शीले भने, आगोका लप्का देखिएको थियो। आगोको लप्काहरु निकै ठूला थिए । भवनका संरचनाहरु जलेर खसिरेहका थिए ।
आगलागी भएपछि नजिकै रहेका मानिसहरु आत्तिँदै, कराउँदै भागाभाग गरेका थिए । दुबइ सरकारका अनुसार अहिलेसम्म १६ जना घाइते भएका छन् ।