
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आज भारतको राजधानी नयाँ दिल्ली उडेका छन् । आज अपराह्न एयर इन्डियाको जहाजबाट गएका उनी मुम्बइमा हुने विश्वबैंकको आमन्त्रणमा आयोजना हुने एक कार्यक्रममा सम्बोधन गर्न गएको निकट सूत्रले जानकारी दिएको छ ।
भ्रमणका क्रममा उनको कुनै राजनीतिक भेटघाट नहुने बताइए पनि भ्रमण तालिका भने गोप्य राखिएको छ । उनी पर्सी दिउँसो काठमाडौं फर्कने उनका सहयोगी सनिप क्षेत्रीले बताए ।