Thursday, 31 December 2015

२६ नेपाली कोष्टारियामा पक्राउ

कोष्टारिकाको प्रहरीले अवैध रुपमा छिरेका २६ नेपालीसहित ५१ जनालाई पक्रउा गरेको छ । ट्रकमा यात्रा गरिरहेको बखत उनीहरुलाई पक्राउ गरिएको कोष्टारिकाको समाचार एजेन्सी टिको टाईम्सले जनाएको छ । पक्राउ पर्नेमा नेपालीसहित एसिया, अफ्रिका, मध्यपूर्वी देशका नागरिक छन् ।

कागजपत्र नबोकेका नेपालीसहित ट्रकमा ९ बंगलादेशी, ९ सोमालियाली, २ इराकी, १ पाकिस्तानी नागरिक रहेको प्रहरीले जनाएको छ ।

ट्रकका चालक र अन्य तीन जना कोष्टारिकाका नागरिकसमेत पक्राउ गरेका छन् ।

कोष्टारिकाका प्रहरी अधिकारीका अनुसार मानव तस्करहरुले एसियाली मुलका नागरिकलाई मध्य अमेरिका हुँदै अवैधरुपमा अमेरिका छिराउने गरेका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us