
मंगलबार संसदको राज्यव्यवस्था समितिको बैठकमा सेनाका लागि पर्याप्त बजेट नभएका भन्दै प्रधानसेनापति राजेन्द्र क्षेत्रीले थप बजेटको माग गरेका हुन । “४५ प्रतिशत हतियार त विस्थापनै गर्नुपर्ने अवस्था छ । त्यसबाहेक गोलीगठ्ठा, तालिम सहितका लागि थप पैसा चाहिन्छ,’ बैठकमा क्षेत्रीले भने । एकैपटक विस्थापन नगरे पनि बर्सेनि करिब एक अर्बको हिसाबले निकासा गरे पनि तत्कालको समस्या हल हुने उनले बताए । थिए । “गोलीगठ्ठाको मौज्दात समेत निकै कम छ । यसतर्फ समितिले पहल गरोस् ।” क्षेत्रीले भने ।
बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री भीम रावल, रक्षा सचिव जयमुकुन्द खनाल, सेनाका उच्च अधिकृतहरू सहभागी थिए । उपप्रधानमन्त्री रावलले युद्धका बेलामा मात्र नभई शान्तिपूर्ण अवस्थामा समेत सेनालाई अत्याधुनिक बनाउनुपर्ने भएकाले खर्च बढ्नु स्वभाविक रहेको बताएका थिए ।