Friday, 20 November 2015

बंगलादेशको ढाकादेखि काठमाडौं सिधा यातायात सञ्चालन हुने

बंगलादेशको ढाकादेखि काठमाडौं सिधा यातायात सञ्चालन हुने भएको छ । उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग नेपालका लागि बङ्गलादेशका राजदूत मासफी विन्टे साम्सले आज भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयका कार्यकक्ष सिंहदरबारमा भेटी ढाकादेखि काठमाडौँसम्मको सवारी आवागमन चाँडै सुरु हुने जानकारी दिएका हुन् । उनले दक्षिण एसियाका चार मुलुक बङ्गलादेश, भुटान, भारत र नेपालबीच बिनाअवरोध सवारी आवागमनसम्बन्धी सम्झौता यथाशीघ्र कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे । यस्तै, नेपालका लागि जापानी राजदूत मासासी ओगावाले भेटी जापान सरकारको सहयोगमा सञ्चालित विभिन्न विकास आयोजना, सूर्यविनायक– धुलिखेल सडक तथा नागढुङ्गा सुरुङ निर्माणलगायत क्षेत्रमा सहयोग उपलब्ध गराउने विषयमा छलफल गरे ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us