Sunday, 22 November 2015

‘बाबुराम, गौर हत्याकाण्डका नाइकेलाई फुलमाला लगाएर नयाँ शक्ति कसरी बन्छ ?’

आइतबार राजधानिमा उपेन्द्र यादव नेतृत्वको फोरमसँग नयाँ शक्तिका अभियन्ता बाबुराम भट्टराईले एकता गर्ने समाचार र नयाँ शक्ति निर्माणको अभियान उद्घाटनामा यादवको उत्साहपूर्ण उपस्थितिले भट्टराईमाथि ‘०६३ मा घटेको गौर हत्याकाण्ड’ बारे प्रश्न उठ्न थालेको छ ।

एमाओवादी समर्थित अखिल नेपाल ट्रेड युनियनका केन्द्रिय नेता तथा यातायात मजदुर संगठनका अध्यक्ष जगत सिंखडाले आफ्नो फेसबुकमा प्रश्न र खबरदारी गर्दै लेखेका छन्–‘बाबुराम गौउरमा २९ जनाको सामुहिक हत्या गर्ने हत्याकाण्डका खल्नायक उपेंद्रे लाई फुलमाला लगायर कथित नयाँ सक्तिको माला जपेकाछौं तिमीलाई गौरमा बगेको रगतले बाटो पाउने छैनौं ।’

केही समय अघिमात्रै एकिकृत नेकपा माओवादी त्यागेर नयाँ शक्ति निर्माणको अभियानमा लागेका भट्टराईले गौर हत्याकाण्डको योजनाकारका रुपमा आरोप लागेका यादवसँग एकता हुने कुरा र उद्घाटनसत्रमा यादवप्रति भट्टराईले देखाएको चर्को सम्मानपछि यस्तो प्रश्न र खबरदारी गर्न थालिएको हो ।

२०६३ साल चैत्र ७ गते ९सन् २००७ मार्च २१० रौतहटको गौरस्थित राईसमिलमा यादव नेतृत्वको तात्कालिन मधेशी जनाधिकार फोरमले  र तात्कालीन नेकपा माओवादीको सभामा सुरु हुन लाग्दै गर्दा गर्दा २७ जना माओवादी कार्यकर्ताको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यू भएको थियो । सोही झडपमा कैयौ घाईते भएका थिए । यसै घटनालाई ‘गौर हत्याकाण्ड’ भनिन्छ ।

उसो त जिवनभर कम्युनिष्ट राजनीति गरेका भट्टराईले बिचार, राजनीति तथा संगठनात्मक रुपमा समेत प्रश्न गरिन थालेको छ । उनी समेत संलग्न भएर लडिएको जनयुद्धका शहिद, घाइते तथा वेपत्ता परिवारका सदस्यहरुले बाबुरामले आफूहरुलाई धोका दिएको बताइरहेका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us