Friday, 20 November 2015

लगनखेलमा बसभित्रै सामूहिक बलात्कार

४ मंसिर, ललितपुर । ललितपुरको लगनखेलमा मंगलबार बसभित्रै सामूहिक बलात्कार भएको छ । बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।इन्धनका लागि लाइनमा राखिएका बा१ख ३८०६ नम्बरको बसमा सामूहिक बलात्कार भएको हो । प्रहरीले तीन अभियुक्तलाई बलात्कार गर्दागर्दै पक्राउ गरेको जनाएको छ । एकजना फरार छन् ।युवतीसँग एक युवकको चिनजान भएकाले उनले बसभित्रै बोलाएका थिए । सुरुमा ती युवतीले युवसँग असहमतिमै यौनसम्बन्ध राखेकी थिइन् । तर पछि युवकले साथीहरु समेत बोलाएर आफूमाथि जबर्जस्ती गरेको पीडित युवतीले बताएको प्रहरीको भनाइ छ । पीडित युवती विवाहित हुन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us