
काठमाडौं, ६ मंसिर । म्याग्दीमा आइतबार भूकम्प गएको छ । आइतबार दिउँसो १२ बजेर ४१ मिनेट जाँदा म्याग्दीमा ४.१ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ । गएको बैशाख १२ गते गोरखाको बारपाक केन्द्र भएर गएको ७.६ म्याग्नेच्युडको शक्तिशाली भूकम्पको पराकम्प नरोकिएका बेला म्याग्दीमा भूकम्प गएको हो । भूकम्पका कारण भएको क्षतिको विवरण आइनसकेपनि कुनै ठूलो असर नपारेको अनुमान गरिएको छ ।