एमाओवादी अध्यक्ष प्रचण्ड भारतबाट आफू असुरक्षित भएको महसुस गर्न थालेका छन् ।उनले आफू निकटस्थाहरुसंग मदन भण्डारीका उदाहरण दिंदै आफ्नो हत्या हुन सक्ने आशंका व्यक्त गरेका छन् । पछिल्लोपटक भारतले जेनेभामा नेपालमा सल्टिसकेको द्धन्द्धको मुद्दा ब्यूत्याउन खोज्नुलाई पनि प्रचण्डको सो आशंकासँग जोडेर हेरिएको छ ।
यता मोहन वैद्य र रामबहादुर थापा बादल पनि भारतीय फोल्डमा पुगिसकेको निष्कर्षमा प्रचण्ड पुग्न थालेका छन् । उनले पछिल्लो समय वैद्य र बादलको भूमिकालाई सन्देहास्पद भन्दै उनीहरु भारतको फोल्डमा गइसकेको निष्कर्ष निकालेका हुन् ।
केही वर्ष अघिको धोवीघाट गठबन्धनलाई सम्झिंदै प्रचण्ड निकटहरु त्यो गठबन्धन त्यत्तिकै बनको थिएन भन्ने निष्कर्षमा पुगेका हुन् । ‘धोविघाट त्यसै आवेगमा भएको होइन र अहिले भारतको हस्तक्षेपमा पनि सो पार्टी सुत्नुले त्यही कुरा प्रमाणित भएको छ ।’ प्रचण्ड निकट स्रोतले जनाएको छ।
किरण, बाबुराम, बादल र विप्लवको बीचमा छिट्टै भारले एकता गराइदिने चिन्ता प्रचण्डले आफ्न निकटसँग गर्ने गरेका छन् । राष्ट्रवादका कभरमा रहेका किरण र बादल अहिले मौन छन् । ढिलो चाँडो यिनीहरु ओली नेतृत्वको विरोध गर्ने नाममा बाबुरामसँगै भारतको खुल्ला एजेण्डामा हिड्ने प्रचण्डको दावी छ । अहिले संसद विघटन गर्नुपर्ने मोहन वैद्यको मागले त्यही संकेत गरेको प्रचण्ड निकट स्रोतले जनाएको छ । आजको साँघु साप्ताहिकमा खबर छ ।