Friday, 6 November 2015

हाँस्य कार्यक्रम तितो सत्य, मेरी बास्सै र जिरे खुर्सानी बन्द हुने अवस्थामा

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएका  हाँस्य कार्यक्रम तितो सत्य, मेरी बास्सै र जिरे खुर्सानी र प्रसारण संस्था मिडिया हब बीचको विवाद चुलिएको छ। तितो सत्यले केही समय यता पुरानै एपिसोड मात्रै दोहोर्‍याएको छ। नयाँ एपिसोड प्रसारण भएको छैन। जिरे खुर्सानीको पनि नियति त्यस्तै छ। यी तीन मध्ये मेरी बास्सै भने रोकिइसकेको छैन।
नाकाबन्दीको प्रभावले गर्दा यी कार्यक्रम नयाँ बन्न नसकेको प्रचार गरिएको थियो। तर तितो सत्यका निर्देशक दिपकराज गिरीले भने नाकाबन्दीका कारण नभई मिडिया हबसँगको विवादका कारण कार्यक्रम बन्दहुने अबस्थामा पुगेको बताएका छन्।  उनले त तीनवटै सिरियल बन्द हुने समेत संकेत गरेका छन्।
तर, औपचारिक निर्णय भने भइनसकेको उनले बताए।
उनले सेतोपाटीसंग भने, 'घोडाले पानी मात्र खाएर कुद्न सक्दैन! यदि आर्थिक संकटलाई मिडिया हबले सम्बोधन गर्न सक्छ भने नयाँ प्रसारण हुन सक्ला।'
मिडिया हबका सोमप्रसाद धितालले भने, तीनवटै सिरियलसँग सामान्य लेनदेन बाहेक कुनै विवाद नरहेको बताए। भद्रगोलबाहेक तीनवटा सिरियलमाथि मिडिया हबको पुर्ण अधिकार रहेकाले कसैले बन्द भयो भन्दैमा बन्द नहुने बताए।
उनले भने,'तीन सिरियलमध्ये तितो सत्यलाई अलि बढी पैसा तिर्नु छ। हामीले बजारबाट पैसा लिनुछ भने कलाकारले हामीबाट। उहाँहरुलाई समयमा पैसा दिन सकिन। '
उनले आपसी सम्बन्ध राम्रो भए यो समस्या नलम्बिने पनि बताए। उनले यस्तो विवादलाई स्वभावभिक भनेका छन्। 'यसलाई विवाद नभनौं। बन्द गर्ने भनेर कुनै सल्लाह भएको छैन' धितालले भने।
नयाँ प्रशारण हुन नसक्नुलाई पनि उनले स्वभाविक र नाकाबन्दीको असर भनेका छन्।   'नाकाबन्दीले गर्दा विज्ञापनमासमेत असर परेकाले सिरियल प्रसारणमा समस्या आउनु स्वाभाविक हो। एक हप्तापछि हामी तीन सिरियल नयाँ प्रसारण गर्छौं' उनले भने।
मिडिया हबको दावीप्रति सिरियलका निर्देशक कलाकारहरु भने विश्वस्त छैनन्।
मेरी बास्सैका निर्देशक सिताराम कट्टेलले बन्द हुने/नहुने स्पष्ट पार्न सकेनन्। तर उनले थप एपिसोडका लागि काम गर्न नसक्ने बताए।
'मिडिया हबले पैसा दिएको छैन,सबैलाई थाहा छ। मैले अहिलेसम्म ताजा प्रसारण गर्दै आइरहेको छु। यस्तो अवस्थामा म अब सुटिङ गर्न सक्दिन। भित्रको कुरा के हो मलाई थाहा छैन,'कट्टेलले सेतोपाटीलाई बताए।
दीपकराज गिरी र सिताराम कट्टेल दुवैले दर्शकहरुसँग क्षमायाचनासमेत गरिसकेका छन्।सेतोपाटीमा खबर छ !

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us