Saturday, 28 November 2015

रुसी विमान खसालेपछी टर्कीमाथि रुसको नाकाबन्दी सुरु















रुसी विमान खसालेको घटनाबाट चिसिएको टर्की र रुसबीचको सम्बन्ध झन् बिग्रिएको छ ।

रुसले टर्कीमाथि नाकाबन्दी सुरु गरेको छ । टर्कीबाट आयातमा रोक लगाउनुका साथै रुसमा रहेका टर्कीको कम्पनीमाथि प्रतिबन्ध लगाइएको छ । रुसमा कार्यरत टर्कीसलाई कामबाट निकालिने घोषणा रुसले गरेको छ ।
रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले नाकाबन्दीको घोषणा गरेका हुन् । साथै दुई देशबीच हुँदै आएको चार्टर उडान पनि नहुने भएको छ ।
रुसमा टर्कीका ९० हजार नागरिक कुनै न कुनै ब्यबसायमा आवद्ध छन् भने तीनका परिवारको संख्या दुई लाख रहेको बीबीसीले बताएको छ । यसैबीच टर्कीका राष्ट्रपति तायीप एर्दोगानले रुसले लगाएको नाकाबन्दी अमानवीय भन्दै दुःख ब्यक्त गर्नुभएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us