Friday, 27 November 2015

नेपालस्थित भारतीय दूतावासको गाडीमा अागलागी


महाराजगञ्जस्थित बिरेन्द्र प्रहरी अस्पताल छिर्ने चोकमा भारतीय दूतावासको सवारी साधनमा आगलागी भएको छ।
 सूचना विभाग हेर्ने दूतावासकी अधिकारी रूबि जस्पित शर्माले नागरिकन्युजलाई दिएको जानकारी अनुसार घटनाबारे दूतावास यथार्थ जानकारी लिने क्रममा छ। उनले अागजनीको यथार्थ कारण थाह नभएको बताइन्। ‘अागलागीको खबर अाएको छ, तर के कारण भन्ने खुलेको छैन।’


तर, विप्लव नेतृत्वको नेकपा माओवादीले भने भारतीय दूतावासको गाडीमा आफूहरुले आगजनी गरेको दाबी गरेको छ । भारतले लगाएको नाकाबन्दीको बिरोधमा आइतबार बन्द आह्वान गरेको विप्लब माओवादीले भारतीय दूतावासको गाडीमा आगजनी गरेको बताएको हो । प्रहरीले तार सट भएर अागलागी भएको बताएको छ। तर विप्‍लव नेतृत्‍वको नेकपा माओवादीका कार्यकर्ताले गाडी अाफूहरूले जलाएको दाबी गरेका छन्।

दूतावासका काउन्सलर चढ्‍ने २२ सीडी १७ नम्ब‍रको कारमा अागजनी भएको हो। आगलागी भएलत्तै प्रहरी घटनास्थलमा पुगेको थियो। अागजनीबाट गाडीका शिशा फुटेका छन्।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us