
उनको ढाडमा चक्कु प्रहार भएको छ । जेरुसेलमको केन्द्रीय बसपार्क नजिकैको रुमेको बस स्टेसनमा बस कुरिरहेको अवस्थामा उनमाथि आक्रमण भएको हो । आक्रमणलगत्तै उनलाई इजरायली एम्बुलेन्स सेवाले नजिकमा रहेको सरिक सेदेक अस्पतालमा पुर्याइएको छ भने आकस्मिक कक्षमा उनको उपचार भइरहेको छ । अहिले उनको अवस्था सामान्य रहेको छ ।
चक्कु प्रहार गर्नेलाई त्यस क्षेत्रको पूर्ण तलासी पश्चाक गिरफ्तार गरिएको इजरायलका संचार माध्यमहरुले जनाएका छन् । शंकास्पद व्यक्ति वेस्टब्याङ्क निवासी १७ बर्षिय प्यालेस्टाइनी रहेको इजरायल प्रहरीले जनाएको छ ।
इजरायलमा प्यालेस्टाइनी विद्रोही तथा इजरायलमै रहेका अरबी मुलका मुस्लिमहरुबाट समेत चक्कु प्रहार गर्ने क्रम विगत २ महिनादेखि जारी छ । प्येलेस्टेनी आतंकवादीले विदेशीमाथि चक्कु प्रहार गरेको यो पहेलो घटना हो ।