
‘राष्ट्रपति निर्वाचनका बेला खाली मतपत्र बाक्सामा खसाल्ने काम झलनाथ कमरेडबाट भएको करिब पुष्टि भयो’, एक एमाले केन्द्रीय सदस्यले काठमाण्डु टुडेसँग भने, ‘आफूले राष्ट्रपति नपाएको झोकमा उहाँले अराजनीतिक काम गर्नुभयो ।’ खनालले राष्ट्रपतिमा आफ्नो दाबी पेश गरे पनि एमालले उम्मेदवार बनाएन । जसका कारण उनी असन्तुष्ट थिए । अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठकमा भण्डारीको नाम प्रस्ताव गरेपछि सँगै रहेका अर्का वरिष्ठ नेता माधवकुमार नेपाललाई कोट्याएर उनले आफ्नो नाम प्रस्ताव गरिदिन भनेका थिए ।
तर नेपालले सुनेको नसुन्यै गरेपछि खनालको नाम कसैले लिएनन् र सर्वसम्मतिले विद्याको उम्मेदवारी तय भयो । नवौं महाधिवेशनका क्रममा राष्ट्रपति पाउने सर्तमा खनालले ओलीलाई समर्थन गरेका थिए । काँग्रेसले भद्र सहमति तोडेको आरोप लगाउने ओलीले पार्टीभित्रैको भद्र सहमति तोडेको भन्दै खनाल आक्रोशित बनेका छन् । भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि संसद् भवनबाट बाहिरिने क्रममा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली र नेता नेपाल उनीसँगै बाहिर आएर समर्थकलाई अभिवादन गरेका थिए । तर खनाल भने त्यतिबेला निजी निवास डल्लु पु्गिसेकका थिए ।kathmandutoday