Sunday, 29 November 2015

भोलि बिहान बालुवाटारमा निर्णायक वार्ता सरकारको तयारी यस्तो छ


सरकारले प्रमुख प्रतिपक्षसहित आन्दोलनरत संयुक्त मधेसी मोर्चासँग सोमबार निर्णयाक वार्ता गर्ने भएको छ।

त्रिपक्षीय वार्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र मधेसी मोर्चाका शीर्ष नेताहरुलाई औपचारिक रुपमा सन्देश पठाइसकेका छन्। बैठकका लागि बिहान ११ बजेको समय तोकिएको छ।

निर्णायक वार्ताअघि ओलीले सत्तारुढ र विपक्षी नेताहरुसँग अलगअलग भेटेर परामर्श गरेका छन् । मधेसी मोर्चासँगको वार्तामा साझा अवधारणा बनाउन कांग्रेस, एमाले र एमाओवादीका नेताहरुबीच विभिन्न तहमा अनौपचारिक वार्ता भइरहेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले सोमबारको छलफल महत्वपूर्ण हुने र त्यसले एउटा सकारात्मक सन्देश दिने बताए।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको एमाओवादी अध्यक्ष पुस्पकमल दाहालले मुलुक अत्यन्त गंभिर र संकटपूर्ण अवस्थामा पुगेको उल्लेख गर्दै निर्णायक वार्ता बैठक बोलाउन प्रधानमन्त्री समक्ष प्रस्ताव राखेका थिए ।

उपचारका लागि अमेरिका पुगेका प्रमुख प्रतिपक्षदलका नेता कांग्रेसका सभापति शुशिल कोइराला स्वदेश फर्केपछि नेताहरु छलफलमा जुटेका हुन्। प्रचण्डले शनिबार नै सुशील र प्रधानमन्त्रीसँग अलगअलग भेटेर छलफल गरेका थिए।

कांग्रेसले संसदमा आफुले राखेको संशोधनको प्रस्ताव अगाडि बढाउनु पर्ने अडान राख्दै आएको छ । तर त्यसलाई मोर्चासँग  छलफल गरी उसको समेत सहमतिमा अघि बढाउनुपर्ने र प्याकेजमै सहमति खोजिनुपर्ने प्रस्ताव प्रचण्डले अघि सारेका छन्। त्यसमा प्रधानमन्त्री लचिलो देखिएका छन्।

सरकारले मधेसी मोर्चासँग निर्णायक वार्ताको तयारी गरिरहेका बेला भारतीय राजदूत रन्‍जित रेले आइतबार बेलुका प्रमुख प्रतिपक्षी कांग्रेस सभापति सुशील कोइराला र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

मधेसी मोर्चाले मुख्य मुद्दाको रुपमा राख्दै आएको प्रदेशको सिमांकनका विषयमा केन्द्रित भएर सोमबार निर्णायक छलफल गर्ने सरकारको तयारी छ। मधेसी मोर्चासँगको वार्ता सिमांकनका कारण निश्‍कर्षबिहिन बन्दै आएको छ। मोर्चाले तराई मधेसमा कम्तीमा दुईवटा प्रदेश हुने गरी सिमांकन पुनरावलोकन गर्नुपर्ने माग राख्‍दै आएको छ। अन्नपूर्णमा खबर छ !

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us