Thursday, 19 November 2015

यी हुन् भारतीय दूतलाई पूर्ण नाकाबन्दी लगाउन आग्रह गर्ने नेपाली मानवअधिकारकर्मी

अत्यावश्यक स्वास्थ्य सेवासमेत प्रभावित हुने गरी भारतले लगाएको नाकाबन्दीको सर्वत्र आलोचना भइरहँदा भारतीय दूतावासले औषधि र उपकरणको सहज आपूर्तिका लागि पहल गर्ने आश्वासन दिएको छ ।  राजधानीको सांग्रिला होटलमा बुधबार भारतीय दूतावासले आयोजना गरेको ‘अफ द रेकर्ड’ अन्तक्र्रियामा सहभागी केही प्रभावशाली चिकित्सकले ‘मान्छे मार्ने कामसमेत भारतको नाकाबन्दीबाट भएको’ बताएपछि नेपालका लागि भारतीय राजदूत रणजित रेले औषधि र उपकरणका लागि रोक नलगाउने आश्वासन दिएका हुन् ।

स्रोतका अनुसार अन्तरक्रियामा सहभागी मानवअधिकारकर्मी पद्मरत्न तुलाधरले भारतबाट पूर्ण रूपमा नाकाबन्दी लगाउनुपर्ने र केही पनि नेपाल छिर्न दिन नहुने भन्दै राजदूतलाई आग्रह गरेपछि त्यहाँ उपस्थित डा. भगवान कोइराला आक्रोशित भएका थिए ।
त्यति नै बेला मधेसी जनताका तर्फबाट सहभागी पूर्वराजदूत विजय कर्णले मधेसीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा अपमानजनक व्यवहार गरिएको आरोप लगाएका थिए ।
–अन्नपूर्ण पोस्टबाट

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us