Friday, 27 November 2015

टेलिभिजन पड्केर बालिकाको मृत्यु


शुक्रबार साँझ ५ बजे घरमा टेलिभिजन हेरिरहेका अवस्थामा अचानक टेलिभिजन पड्कँदा दोलखाको भीमेश्वर नगरपालिका–७ मा एक बालिकाको मृत्यु भएको छ ।
बाबु र छोरीले टिभी हेरिरहेका अवस्थामा एक्कासि टेलिभिजन पड्कँदा दुई वर्षीया रेष्मा चौलागार्इंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले बताए ।
 सामान्य घाइते रहेका बाबु रामकृष्ण चौलागार्इंको चरिकोटस्थित च्छोरोल्पा अस्पतालमा उपचार भइरहेको छ । उनको आँखामा चोट लागेको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us