Friday, 20 November 2015

राैतहट- एमाले वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको गाैर नगरपालिका वडा नं ३ स्थित घरमा मधेसी मोर्चाका कार्यकर्ताले तोडफोड गरेका छन्। मुख्य सडक किनारमै रहेको नेता नेपालको घरको प्रवेश द्वार र घरका झ्याल ढोकाका शिशा फुटाएका छन्।

अान्दोलनकारीको जुलुस नाराबाजी गर्दै घर तोडफोडमा उत्रेको थियो। विपी चोकबाट निस्केको जुलुस भन्सार चोकतर्फ जाने क्रममा नेपालको घर अगाडी पुगेर ढुंगा मुढा गर्न लागेको हो। अान्दोलनकारीले नेता नेपाल विरूद्ध नाराबाजी गरेका थिए। अान्दोलनकारीले ढुंगा,भाटा र इटाले घरमा प्रहार गरेका थिए। सयाैंको संख्यामा अान्दोलनकारी जुलुसमा सहभागी थिए।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us